Comments Add Comment

डिआइडीको टप ९ मा निर्मल

भारतीय टिभी च्यानल जि टिभीबाट प्रसारित हुने रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) मा एक नेपाली युवक उत्कृष्ट ९ भित्र पर्न सफल भएका छन् । नुवाकोट त्रिशुली बजार घर भएका २३ वर्षीय निर्मल तामाङले यो सफलता पाएका हुन् ।

Nirmal-Tamangहरेक शनिबार र आइतबार प्रसारण हुने यस रियालिटी शोमा प्रमुख निर्णायकका रुपमा अभिनेता मिथुन चक्रवर्ती रहेका छन् । निर्णायकको मतका आधारमा टप टेनको छनोट गरेपछि अगाडि बढ्न दर्शकको भोटलाई आधार मानिन्छ ।

प्रतियोगितामा निर्मललाई भोट गर्न DID5 space NIR लेखेर ५७५७५ मा भोट गर्नुपर्छ । अनलाइनबाट भोट हाल्नका लागि zeetv.com/nir <http://zeetv.com/nir>वा zeetv.com/did5 <http://zeetv.com/did5> का साथै फेसबुक पेज facebook.com/nirmaltamang <http://facebook.com/nirmaltamang> मा गएर भोट खसाउने वा लाइक गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment