४ असोज, काठमाडौं । मोर्गन इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मोर्गनले जेभियर इन्टरनेसनललाई ३९-२८ ले पराजित गर्यो । मोर्गनको जितमा जोनबहादुर शाहले ११ अंक योगदान गरे । दीपेश महर्जनको १७ अंक सहयोगमा गोल्डेनगेटले किस्कलाई ७४-२८ को फराकिलो अन्तरले हरायो ।
ब्वाइजमै एलआरआई, आईडियल मोडेल कलेज, एन्जल्स हर्ट र प्राइम पनि क्वाटरफाइनलमा पुगे ।
एलआरआईले नासालाई ७८-४९, आइडियलले आयोजक बर्नहार्टलाई ५१-३८, एन्जल्स हार्टले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ४५-४१ तथा प्राइमले पि्रमियरलाई ६६-२१ ले पाखा लगाए ।
एलआरआईका राज कुँवरले २३, आईडियलका अनिश गुरुङले १८, एन्जल्स हर्टका प्रवीण मगरले २१ तथा प्राइमका शशि पराजुलीले १२ स्कोर गरे ।
लिभरपुर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेज यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
प्रतिक्रिया 4