५ असोज, बागलुङ । संघीयताको सीमाना सार्वजनिक हुँदा बागलुङबासी सबैभन्दा बढी आहत बनेका थिए । जिल्लालाई ४ र ५ नम्बर प्रदेशमा विभाजन गरी आएको सीमांकनविरुद्ध बागजुङबासीले पनि आपत्ति जनाए ।
असन्तुष्टि पोख्ने क्रममा देशका विभिन्न भागमा हिंसात्मक घटना भए । थुप्रैले ज्यान गुमाए, घाइते भए । जनजीवन पूरै अस्तव्यस्त बन्यो । यो क्रम अझै पूर्ण रुपमा रोखिएको छैन । तर, बागलुङबासीले शान्तिपूर्ण तवरले आफ्नो असन्तुष्टि पोखेको अन्नपूर्ण पोस्टमा खबर छ ।
केन्द्रमा जनप्रतिनिधि र जिल्लामा स्थानीयले कहिले सडकमा सुतेर, कहिले विशाल मानवशाङ्लो बनाएर र कहिले विशाल सभामार्फत निरन्तर खबरदार गरिरहे । फलस्वरुप राजनीतिक नेतृत्वले उनीहरुको आवाजलाई सम्बोधन गर्दै जिल्ल्ालाई अखण्ड राख्ने निर्णय गर्यो ।
जिल्ला अखण्ड रहने ग्यारेन्टीसहितको संविधान जारी भएपछि बागलुङबासी सबैभन्दा बढी खुसी बनेका छन् । उनीहरु अहिले एकैपटक दुईवटा खुसीको उत्सव मनाइरहेका छन् । शान्तिपूर्ण आन्दोलनका कारण जिल्ल्ाको आवाज सुनुवाइ भएर नयाँ संविधान आएकोमा बागलुङबासी खुसी बनेको अधिकारीकर्मी राम शर्माको भनाई छ ।
प्रतिक्रिया 4