Comments Add Comment

दशैंको अग्रिम बुकिङ खुलाउन यातायात व्यवसायीको पूर्वशर्त

new buspark (14)

७ असोज, काठमाडौं । यातायात ब्यवसायीले अहिलेकै अवस्थामा नै दशैंका अग्रिम टिकट बुकिङ खोल्न नसक्ने बताएका छन् । बिहीबार यातायात व्यवस्था विभागमा विभिन्न सरोकारवाला निकायबीच भएको छलफलमा यातायात व्यवसायीले तराइमा जारी हिंस्रक आन्दोलनले असुरक्षा बढाएको भन्दै तत्कालकै अवस्थामा दशैंको बुकिङ खोल्न नसक्ने स्पष्ष्ट गरेका हुन् ।

ब्यवसायीका दुई शर्त

बैठकमा सहभागी नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले सुरक्षाको लिखित प्रत्याभूति नगरेसम्म बुकिङ खुलाउन सहमत नहुने बताए । यस्तै बन्दमा गाडी चलाउँदा हुनसक्ने तोडफोड र आगजनीले हुने भौतिक क्षति र घाइते हुने मजदुर र यात्रुको उपचार लगायतमा हुने खर्च सरकारले बेहोर्ने ग्यारेन्टी पनि माग गरिएको उनले बताए ।

आफ्ना दुई बुँदे माग सम्बोधन नभए दशैंका लागि अग्रिम बुकिङ खोल्न नसकिने ब्यवसायीको अडान छ ।

सुरक्षा दिन सरकार तयार

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने बिहीबार नै मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यातायात ब्यवसायीको मागका विषयमा छलफल भएको बताए ।

बैठकले सवारी साधन, मजदुर र यात्रुको सुरक्षा दिन सरकार तयार भएकाले गृह मन्त्रालयलाई सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

फेरी ब्यवसायीसंग छलफल गरेर केही दिनमै अगि्रम बुकिङ खुलाउने, हेल्प डेस्क स्थापना गर्ने र गाडीसंख्या थप्ने विषयमा अन्तिम निर्णय हुने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment