Comments Add Comment

रणवीर-दीपिका खराब कलाकार !

deepika ranabirमुम्बई । जव वी मेट र रकस्टार जस्ता फिल्म बनाएका इम्तियाज अलिले प्रदर्शोन्मुख फिल्म ‘तमाशा’ को ट्रेलर लञ्च कार्यक्रममा दीपिका पादुकोण र रणबीर कपुरको उछित्तो काढे ।

यी दुबैलाई खराब कलाकारको श्रेणीमा राखेका निर्देशक अलिले यी कलाकारलाई बेकामी भन्न समेत बाँकी राखेनन् । ‘म यी दुबैलाई राम्रो अभिनेता अभिनेत्री मान्न सक्दिन । मलाई लाग्छ यी भन्दा खराब अरु छैनन् ।’

निर्देशक अलिको कुरा सुनेर अचम्मीत भए कार्यक्रममा उपस्थितहरु । वास्तवमै रणबीर र दीपिका खराबै हुन् त ? यस्तै केही सोच्दै थिए निर्देशक अलि फेरि बोले ‘यी राम्रा हैन अति राम्रा हुन् । खराब यसकारण भने मलाई कुनै पनि सिनमा स्वतन्त्रपूर्वक काम गर्न दिएनन् । राम्रो कुरा सिकाएर हस्तक्षेप गरे ।’

अलिले सन २०११ मा ‘रकस्टार’मा रणबीर कपुरसँग र सन २००९ मा पादुकोणसँग काम गरेका थिए । इम्तियाजले दुई कलाकारको यति प्रसंसा गरे । लाग्थ्यो उनीहरु निर्देशक भन्दा पनि धेरै जान्ने छन् र बलिउडमा उनीहरु बाहेक अरु कोही कलाकार छैन ।

‘मैले सिनका वारेमा भन्ने बित्तिकै उनीहरु आइडिया दिइहाल्थे । म उनीहरुको आइडिया अनुसार काम गर्थें ।’ हरेक दृष्य रणबीर र दीपिकाको सल्लाह अनुसार राम्रो भएको दाबी गरे उनले ।

दीपिका र रणबीरले संगै काम गरेको पहिलो फिल्म नै ‘तमाशा’ हो । लगातार तीन फ्ल्प फिल्ममा काम गरेका रणबीरलाई यो फिल्मले माथी उठाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment