Comments Add Comment

शेष घलेको उम्मेद्वारी घोषणा र आगामी चुनौतीहरु 

बसन्त रानाभाट

……. अहिले तपाईको अगाडि यो बोल्दा छाती फुलेको छ,तपाई यही प्रकारको अभियानमा लाग्नुहोस् हामी तपाईको पछाडि छौ……..।

….. ठाडो शिर हिड्ने अवस्थामा पुर्याउँनु भएको छ, गएको दुर्इ बर्षमा तपाईको क्रियाकलाप धेरै नजिकिएर हेर्यौ। एनआरएन भवन निर्माणको कुरा देखि लिएर, भूकम्पपछिको भूमिकासँगै, राष्ट्रका लागि समर्पित भएर जसरी काम गर्नु भयो, यो सबै सम्मानीय कामको लागि म झुकेर नमन गर्न चाहन्छु।

बिशेषतः हामी नेपालीहरु बीच कस्तो हुनेरहेछ भने,”अलिकति काम गर्ने मान्छे भयो भने कार्यकाल अलि छोटो भए भए जस्तो लाग्ने, अनि नगर्ने मान्छे भयो भने, लामो भए भए जस्तो हुनेरहेछ……….

…… गैरआवासीय नेपाली संघ यस्तो संजाल हो लिने केहि पनि हुँदैन,शेष दाईले अर्बौं दिनु हुन्छ हामी पनि लाखौं दिन्छौ तर दिने मात्र काम हुँदा पनि, कतिखेर पुगौं, कतिखेर भेटौं, र कहाँ के गरौं भनेर जहिले पनि मन जाने रहेछ। यो अचम्मैको एउटा संस्था हो, गैरआवासीय नेपाली संघ।

यो सँस्थालाई हिजो हामीले होटल सोल्टीमा ग्लोबल कन्फेरेन्स गर्दै गर्दा, यी टाई लाउँछन्,ठुला ठुला गफ गर्छन् ,फर्केर जान्छन् तर नेपालका लागि केहि पनि गरेनन् भन्नेले आज त्यो टाई हैन टिसर्ट लगाएर कान्तिपुर टेलिभिजनमा अन्तरबार्ता दिने शेष घलेलाई देखेर,अब देशमा दुःख पर्दा सबै भन्दा पहिले गैरआबासीयहरु नै आउँछन् भन्ने साबित भएको छ ………

…… नेपालको सन्दर्भमा थुप्रै सम्पत्ती भएका मान्छेहरु देखेका छौ, हामीबीचमा धेरै सम्पति भएका साथीहरु पनि छौ। तर सम्पत्तिसँगै जनता पिडामा तड्पीरहेको बेला म तिम्रो साथमा छु भनेर धुलो मैलो,ज्यानको कुनै प्रबाह नगरी, सबै सम्पत्तिलाई बिर्सेर जनताको सिपाहीको रुपमा खट्ने शेष घलेको नेतृत्वको एनआरएन हामीले देख्यौं ।

यसले एनआरएनको उचाई बढाउँन सफल भएका छौ। त्यसैले पनि आज हामी उच्च गर्ब गर्न सक्छौं एनआरएनमा आज नयाँ उचाई चढेको छ। अध्यक्ष ज्यु हामी तपाई सँगै छौ, तपाई अगाडि बढ्नु होस् र हामी साथ दिन तयार छौ. …… …

…..बर्तमान अध्यक्ष शेष घले कतै आफू थाकेर, अब बिश्वाम लिन्छु भन्ने सोच गर्नु भएको छ कि भनेर हामी साह्रै चिन्तित छौ। तपाईलाई एनआरएनको अध्यक्ष फेरि गर्छु भने चाहना नहोला,तपाई अघाई सकेको अबस्था हुन सक्ला होला वा थाकेको अबस्था पनि हुन सक्ला। तर हामी के भन्छौ भने तपाईले शुरु गर्नु भएको काम अझै अपुरो छ। हामीलाई बिश्वास छ थालेको कामलाई निरन्तर मात्र हैन तपाईले पुरा गरेर नै छोड्नु हुनेछ। ढुक्क हुनुहोस् बेलायत तपाईको पछाडि छ हामी सबै एक छौ.………

माथि सबै उल्लेखित विचारहरु यो पङ्तिकारका हैनन् । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष शेष घलेले पुन: अध्यक्षका लागि उम्मेद्वारी घोषणा गर्नुपूर्ब बेलायतबासी गैरआवासीयहरुले उनीप्रति ब्यक्त गरेका धारणाहरु हुन् ।

nrn qatar-shesउम्मेद्वारी घोषणाअघि के के गरे ?

अगष्टको पहिलो सातादेखि युरोप भ्रमण शुरु गरेका शेष घलेलाई गैरआवासीयहरुले खुलेर प्रंशसा गरे। करिब एक साता लामो भ्रमण जर्मनीबाट शुरु गर्दै स्पेनमा आएर टुंगाए तर उनी त्यतिबेला बेलायत पुगेनन्।

नेदरल्याण्ड, बेल्जियम, लक्जेम्वक, फ्रान्सका पनि पुगे। घलेले भूकम्पका गैरआवासीयहरुले खेलेको भूमिकाको उच्च प्रंशसा गर्दै धन्यबाद तथा आभारको कार्यक्रम सहित छलफल र अन्तरक्रिया पनि गरे। जहाँ जहाँ पुगे गैरआवासीयहरुले एकै स्वरमा पुन: नेतृत्वको लागि दबाब सृजना गरे।

घलेले युरोपको भ्रमणसँगै, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अधिबेशनमा पनि सहभागी बने। त्यहाँ उनले प्रष्ट भनेका छन्, “कतारमा आज पनि झण्डै ५ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्नो श्रम र सीप बेचिरहनुभएको छ । थोरैको लागि यो रहर र धेरैका लागि बाध्यता हो भन्ने मैले बुझेको छु ।”

यसअघि उनले एनआरएन अष्टेलियाको पद हस्तान्तरण कार्यक्रममा भनेका छन्, “नेतृत्वमा यस्तो मानिस आउनुपर्छ जसमा इमान्दारिता र लगनशिलतासँगै हुनुपर्छ भने आफ्नो निजी स्वार्थका लागि संस्थालाई दुरुपयोग नगर्ने सुनिश्चितता पनि हुनुपर्छ ।’ घलेले यो पनि थपे, ‘परोपकारी काम र लगानीको बिषय होस् वा कम्युनिटीको सेवाका सन्दर्भमा होस्, यसलाई हल्का रुपमा लिनुभयो दुर्घटना हुनसक्छ ।’

बिभिन्न राष्ट्रिय समन्वय परिषदका अधिबेशन चलिरहेका बेला उनका यी भनाईहरुलाई अर्थपूर्ण लिईयो । स्वभाबिक रुपमा अष्ट्रेलियाका गैरआवासीयहरुले त्यहिँबाट उम्मेद्वारी घोषणा गर्न दवाब दिए पनि आँफुलाई सम्हाले। आफूलाई गैरआवासीयहरुलाई कुन रुपमा लिएका छन् त्यही बुझ्न उनले समय ब्यतित गरेको बुझिन्छ।

बेलायतका गैरआवासीयहरुलाई त्यहिँबाट नै घलेले उम्मेद्वारी घोषणा गर्छन् होला जस्तो जसरी भान भयो । त्यस्तैगरी, उनी पुगेका हरेक देशहरुका गैरआबासीयहरुलाई आज त यहिँवाट नै गर्छन् जस्तो लाग्दथ्यो।

घलेले भने– “मैले यहाँहरुको अनुरोध बमोजिम यहाँहरुको सेवामा अर्को कार्यकाल पनि रहने निर्णय लिएको छु । उम्मेदवारी घोषणा काठमाण्डौमा हैन्, गैरआवासीय नेपालीहरु वीचबाटै हुनुपर्छ, गैरआवासीय नेपाली अभियानको जननी मुलुक बेलायतमै आएर यो घोषणा गर्नु राम्रो हुन्छ भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दै म यहाँहरु समक्ष यो घोषणा गर्दैछु ।”

यो पङ्तिकार, आफू संलग्न स्पेनको बार्सिलोनाको एउटा कार्यक्रमलाई मात्र मुल्याङ्कन गरेर भनिएको हैन कि हरेक देशमा भएका कार्यक्रमहरुका भिडियो क्लिपहरुले त्यही बताईरहेका हुन्थे। उदाहरणको रुपमा बेलायतबासी गैरआवासीयहरु विचारलाई आलेखको शुरुवातमा प्रस्तुत गरिएको छ।

अमेरिका पुगी त्यहाँका गैरआबासीयहरुको भावाना र धारणा सुनिसकेपछि यहिँ सेक्टेम्बर १५ मा ईटली पुग्दै युरोपको दोस्रो भ्रमण गरे। अन्ततः पोर्चुगल हुँदै उनको यात्रा बेलायत सम्म पुग्यो। बेलायत पुग्नुअघि उनी गैरआवासीयहरुको भावानालाई बुझेर निर्णयको बिन्दुमा पुगिसकेको देखिन्छ। उनले गैरआवासीयहरुको भावानालाई कदर गर्दै पुन: उम्मेद्वारी घोषणा गरेका हुन् भनेर बिश्लेष्ण गर्दा न्यायोचित होला।

बसन्त रानाभाट
बसन्त रानाभाट

निरन्तर छलफलमा गरेका घले ६/७ हप्ता युरोप, मिडिल इस्ट, अष्ट्रेलिया, अमेरिका र एशियाली मुलुकहरुको भ्रमण गरी भूकम्पका बेला राहत अभियानमा सहयोग गरेकाहरुलाई अभिनन्दन गर्दै, गैरआवासीयका विचारहरु सुनेर उनीहरुकै भावानाको कदर स्वरूप उम्मेद्वारी घोषणा हो भन्ने बुझिन्छ।

घोषणा बेलायतबाट नै किन ?

शेष घलेले पुनः नेतृत्व लिन्छन् भन्ने अनुमान धेरैले गरेका भए पनि उम्मेद्वारी घोषणा कहाँ र कसरी गर्लान् भन्ने चासो गैरआवासीयहरुमाझ परेको थियो। धेरैको अनुमान काठमाडौमा एक भब्य समारोहबीच ठूलो ब्यानरसहित पत्रकारहरु माझ होला भन्ने अपेक्षा नगरिएको पनि होईन।

तर उनले उम्मेद्वारी घोषणा गर्दै भने, “मैले यहाँहरुको अनुरोध बमोजिम यहाँहरुको सेवामा अर्को कार्यकाल पनि रहने निर्णय लिएको छु । उम्मेदवारी घोषणा काठमाण्डौमा हैन्, गैरआवासीय नेपालीहरु वीचबाटै हुनुपर्छ, गैरआवासीय नेपाली अभियानको जननी मुलुक बेलायतमै आएर यो घोषणा गर्नु राम्रो हुन्छ भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दै म यहाँहरु समक्ष यो घोषणा गर्दैछु ।”

बेलायत घोषणाको बुझाई गैरआवासीयहरुमाझ फरक फरक होला। कतिले आफ्नो नेतृत्व सुनिश्चितको लागि भनेर बुझेका होलान्। कतिले औपचारिकता भनेर बिश्लेषण गर्लान्। तर धेरैलाई यसरी पनि बुझेका होलान् , यो गैरआबासीय नेपाली संघ प्रति कै सम्मान हो।

मैले जति गरेको छु त्यसमा कमी हुन दिन्न

शेष घलेको प्रतिबद्धता निकै सरल देखिए पनि आफैमा चुनौतीपूर्ण छ। उनको कार्यकालमा के-के काम भयो त्यस तर्फ जानु भन्दा पनि उनले बिगत २ बर्षमा जति समय दिएर काम गरे, त्यसैलाई त्यसरी नै निरन्तरता दिएर पुन: २ बर्ष बिताउने प्रतिबद्धता गर्नु नै आफैमा चुनौतीपूर्ण छ।

उनले सरल ढंगले भनेका छन्,” मैले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै बिगत दुई बर्षमा जेजति सिकेको छु, त्यसलाई गैरआवासीय नेपाली समुदायको हितमा खर्च गर्ने छु । म उसैगरी आगामी कार्यकालका लागि यहाँहरुको माझमा रहनेछु, त्यतिकै परिश्रम र मेहेनतका साथ यो संस्थालाई अर्को उचाईमा पुर्याउन सम्पूर्ण समय र स्रोत खर्च गर्नेछु ।”

यी दुई बाक्यले घलेको आगामी नेतृत्वलाई ठुलो चुनौती छ। गैरआवासीय माझ उनले जितेको बिश्वासलाई निरन्तरता दिन अहोरात्र खटिएर लाग्नुपर्ने देखिन्छ।

खाडीका नेपालीहरुबारे सोच्नु पर्छ

बैदेशिक रोजगारको शिलशिलामा लाखौ युवाहरु खाडी मुलुकमा कार्यरत छन्। देशको परिस्थतिका कारण पनि दिनहुँ रोजगारीको लागि खाडी मुलुकहरुमा छिर्न बाध्य छन्। सरकारी स्तरवाट कुटनीतिक पहल नभए सम्म वा देशमा रोजगारीको अबस्था सृजना नभए सम्म समस्याहरु दिनहुँ बढ्दै जाने निश्चित नै छ।

गैरआवासीयहरुले देशमा भूकम्प जाँदा प्रवासबाट खेलेको भूमिका निकै प्रशंसनीय छ। यसले गैरआवासीयहरु उचाई अझमाथि पुर्याएको छ।

तर गैरआवासीय नेपाली संघले दुखेको घाउमा कम्तिमा मल्हम लगाउन प्रत्यन्न गर्न भने सक्नु पर्छ। त्यहाँका समस्याहरु जुधेर सबै गैरआवासीयहरुको मन जित्न सक्नुलाई पनि आगामी नेतृत्वको चुनौतीको रुपमा लिन सकिन्छ।

अध्यक्ष घलेले यसअघि भनेका थिए कि स्कूल जाने उमेरका नेपाली युवायुवती श्रम बेच्न त्रिभुवन बिमानस्थलमा लाइन लागेको देख्दा आफ्नो मुटु पोल्ने गरेको छ. त्यही दृष्यका कारण कैयौं रात निदाउन सकेको छैन। उनले गैरआवासीय नेपाली संघले नै १० करोडको कोष स्थापना गर्दै मलेसिया तथा खाडी मुलुकमा अलपत्र परेका कामदारलाई लक्षित गरी काम थाल्ने बताएका थिए।

यी लगायत त्यहाँका गैरआवासीयहरुलाई लक्षित गरी सरकारसँग समन्वय गरी समस्या कम गर्न पनि आगामी नेतृत्वको चुनौतीकै रुपमा हेरिएको छ।

संघको उचाई कायम राख्न ठूलो चुनौती

गैरआवासीयहरुले देशमा भूकम्प जाँदा प्रवासबाट खेलेको भूमिका निकै प्रशंसनीय छ। यसले गैरआवासीयहरु उचाई अझमाथि पुर्याएको छ। भूकम्पपीडितहरुलाई एक हजार घर निर्माणको योजना, देश पुनःनिर्माणमा नेपाल सरकारसँगको सहकार्य, आफ्नै भवन निर्माण कार्य सम्पन्न गर्न, खुल्ला बिश्वबिद्यालयको अवधारणा, राजनीतिक अधिकारसहितको नागरिकता लगायत खाडी मुलुकहरु लगायत संसारभरका गैरआवासीयहरुका समस्याहरुलाई सम्बोधन गर्न संघको नेतृत्वलाई ठूलो चुनौती छ।

बिश्व सम्मेलनबाट संघको असल नेतृत्वसहित कर्मशील टिम आउन सकोस् सबै उम्मेदवारलाई शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment