
९ असोज, काठमाडौं । कंक्रिटको जंगल मात्रै होइन काठमाडौं । यहाँ धुवाँ, धुलो र कोलाहलको राज मात्रै छैन । भागदौडको जिवनबाट थकित भएर अलिकति रोमान्चकता खोज्नेहरुका लागि पनि थुप्रै मौकाहरु उपलब्ध छन् यहि ‘निरस’ शहरभित्र ।
जब दिन ढल्दै जान्छ, काठमाडौं आफसेआफ रोमान्टिक बन्दै जान्छ । बेलुकीपख रातो सूर्यको किरणले शहरको एक दिन समाप्त हुन लागेको संघघोष गरिदिन्छ । त्यसतिबेला चन्द्रागिरी चुचुरोबाट मज्जाले सूर्यास्तको दृष्यपान गर्नुस ।

गोधुली साँझमा शहरका अग्ला गगनचुम्बी भवनहरु, शहरलाई वरिपरी घेरेका पहाडका चुचुरा अनि ऐतिहासिक साँस्कृतिक सम्पदाहरुले मानौं अर्कै रुप लिन्छन् । उत्तरी दिशामा रहेका सेता हिमाल चाँदी झैं टलक्क टकिन्छन् । यो राजधानीलाई गर्मीमा शितल हिमाली वतासले हम्किन्छ भने र जाडोमा शहर वरिपरिको जंगलबाट आएको न्यानो हावाले लपेट्छ ।
यसैले त सात समुद्रपारीबाट बर्षेनी लाखौं पर्यटक यहाँको साँस्कृतिक सम्पदासँगै अनुपम प्राकृतिक सुन्दरता हेर्न ओइरिन्छन् । हाम्रो क्यामराको लेन्सबाट काठमाडौंको गोधुली साँझलाई चियाउँदा जस्ता परिदृष्यहरु देखिए, त्यो तपाईंहरुलाई पस्केका छौं ।
















प्रतिक्रिया 4