Comments Add Comment

पर्यटन क्षेत्रमा पाँच अर्ब लगानी

 १० असोज, चितवन । नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वव्यापी गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा आज भरतपुरमा भएको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । चितवनको पर्यटन क्षेत्रमा मात्रै करिब  पाँच अर्ब रूपैयाँ लगानी भएको छ । जनआन्दोलन २०६२÷६३ पछि जिल्लामा पर्यटन व्यवसाय फस्टाउँदै गएको पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले जानकारी दिए ।

‘अहिले जिल्लामा सुविधायुक्त स्टार तहका होटलसमेत खुलेका छन’ उनले भने- ‘अब नेपाल सुरक्षित छ भन्ने सन्देशमात्रै बाहिर लानसके व्यवसाय फष्टाउने छ ।’

शान्ति प्रक्रियापछि नेपालमा पर्यटन व्यवसाय बढेको हो । सो समयपछि रु १० करोड बढीका होटल जिल्लामा दर्जन बढी खुलेका छन् । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चिनिएको सौराहा तथा मेघौली, पटिहानी, जगतपुर, राइचुली, लामो झरना, परेवाकोट देवघाटलगायत क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ ।

सुरक्षित गन्तव्य नेपाल भनेर विश्वमा पहिचान गराउनसके फेरि पुरानै अवस्थामा पर्यटन व्यवसाय फर्किने क्षेत्रीय होटल सङ्घका प्रथम उपाध्यक्ष सुमन घिमिरेले बताउनुभयो । जिल्लामा अहिले स्टार तहका करिब ३० वटा होटल छन् । सौराहामा मात्रै करिब १०० होटल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment