Comments Add Comment

सयभन्दा बढी फिचर्स थपिएको डाट्सनको नयाँ ‘गो’ नेपालमा (भिडियो)

१० चैत, काठमाडौं । डाट्सनले नेपाली बजारमा अर्को सानदार उत्पादन अल न्यू ‘गो’ प्रवेश गराएको छ । आइतबार काठमाडौंको थापाथलीमा सार्वजनिक गरिएको नयाँ डाट्सन ‘गो’ नेपाली ग्राहकका लागि फेरि एकपटक अविश्वसनीय मूल्यमा पेश भएको छ ।

२४ लाख ९९ हजार न्युनतम् मूल्य भएको यो गाडी ३ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । मध्यम वर्गीय परिवारमाझ लोकप्रिय ‘गो’लाई अत्याधुनिक फिर्चस राखेर ल्याइएकाले यो गाडीले बजारमा फेरि एकपटक तरंग ल्याउने दावी कम्पनीको छ ।

यो गाडि निकै स्पोर्ट लुक्सहिको छ । बाहरिबाट हेर्दा आकर्षक मात्रै छैन, परफर्मेन्समा शक्तिसाली पनि छ । नयाँ फिर्चसहरु थपिएर आएको डाट्सनको नयाँ ‘गो’ले ग्राहकलाई भरपोर्द विकल्प पनि दिएको छ ।

गोका गो ए-(ओ) गो-टी, गो टी (ओ)  भेरियन्ट नेपाली बजारमा उपलब्ध गरइएको छ । यो गाडी आरामदायी, सुरक्षित तथा स्टाइलिस पनि छ । यसका कारण ड्राइभिङ अनुभवको जीवन्तता प्राप्त गर्न सकिने कम्पनी बताउँछ ।

कारले नयाँ युगको लागि जापानिज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेश तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ । नयाँ ड्यट्सन ‘गो’मा २८ विभिन्न विशेषता तथा सय भन्दा बढी अपडेटहरु रहेको कम्पनी बताउँछ ।

सेगमेन्टमै उत्कृष्ट र पहिलो फिचर्स

यो गाडीमा राखिएको एन्ड्रोइड अटो-प्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो सिस्टम आकर्षणको केन्द्रमा बन्ने देखिन्छ । किनभने यो क्लासको गाडीमा यस्तो फिचर्स भेटिँदैन ।


१४ इन्चको डाइमन्ड-कट अल्लोइ हृवील र सेफ्टी प्याकेज- डुयल एयर ब्याग, एबीएस, ईबीडी, बीए तथा पार्किङ सेन्सर यो क्लासकै गाडीमा पहिलो पटक दिइएको सुविधा भएको कम्पनी बताउँछ ।

१८० एमएमको ग्राउन्ड क्लियरेन्स, २४५० एमएमको ह्वील बेस, २६५ लिटर लगेज स्पेस र ४.६ एम टर्निङ रेडियस यो सेगमेन्टकै उत्कृष्ट फिचर्स पनि हुन् ।

नयाँ गोमा नयाँ राइड, कन्ट्रोल एड्भान्स सस्पेन्सन छ । यसमा १२ सय सीसीको एचआर१२ डीई इन्जिन पनि छ ।

‘अर्फोडेबल’ मूल्य

कम क्षमताका इन्ट्री लेभलको कारबाट माथिल्लो स्तरको र शक्तिशाली ह्याचब्याकमा अपग्रेड हुन चाहने धेरै छन् । तर, यसका ठूलै रकम खर्चिनुपर्ने चिन्तामा गर्नेहरुका लागि उत्कृष्ट विकल्प हो, जापनिज कम्पनी डाट्सनको अल न्यू ‘गो’ ।

धेरैले बजेट कम छ भन्दै इन्ट्री लेभलबाट अपग्रेड हुनैका लागि सेकेन्ड ह्यान्ड गाडी पनि किन्ने गर्छन् । तर, सर्भिसिङ र मेन्टिनेन्समा पार्ट्रस नपाइने र धेरै खर्च हुने कारण वाक्क-दिक्क भएका ग्राहक पनि बजारमा थुप्रै भेटिन्छन् ।

तर, फेमिली ह्याचब्याक कार २५ लाखकै हाराहारीमा उपलब्ध गराएर डाट्सनले नेपाली ग्राहकलाई चकित मात्रै गरेको छैन, प्रभावित पनि गरेको छ ।

राम्रो कार चढ्नका लागि ठूलै बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने कार बनेको छ डाटसनको ‘गो’ । यो नेपाली कार बजारमा सबैभन्दा सस्तो, नयाँ र उत्तिकै आकर्षक ह्याचब्याक हो ।

यो कार नेपालमा सार्वजनिक भएपछि लगातार चर्चा र आकर्षणको केन्द्रमा थियो । अहिले झन नयाा फिचर्स सहित आएपछि यो गाडीले ग्राहककको मन सजिकै जित्ने वितरक पायोनियम मोटोकर्पले विश्वास छ ।

धेरै विशेषता भएको कार यति अफोर्डेबल प्राइसमा पाइने भएकाले नै धेरैले गोलाई यसअघिदेखि नै रुचाउँदै आएका थिए ।

नेपालमा यो गाडीको रोड पर्फमेन्स र क्षमताको पुरा परीक्षण राम्रैसँग भइसकेको छ । अब झन थपिएका विभिन्न फिचर्सहरुले धेरैलाई तान्न सक्ने देखिन्छ ।

नेपाली बजारमा यो कारले मुलतः मारुति-सुजुकीको सेलेरियो र वेगेनासँग प्रतिस्पर्धा गरिरहेको छ ।

स्टाइलिस डिजाइन र उत्कृष्ट विशेषताको अल न्यू डाटसन ‘गो’ मध्यम आयस्रोत भएका ग्राहकहरुको रोजाइ पर्ने निश्चित जस्तै छ । विशेषगरी यूवा वर्गले नै यसलाई रुचाने कम्पनीको विश्वास छ ।

उत्कृष्ट डिजाइन

निशानको माइक्रा प्लेटर्फमका आधारित कम्प्याक्ट बडीसहित गो कार भित्रबाट उत्तिकै विशाल छ । कारमा ५ जनाले सहजै यात्रा गर्न सक्छन् । स्पेश आराम र सुविधाको मामलामा यो अब्बल छ ।

यसको अघिको भागमा हेक्जागन गि्रल छ । जसमा क्रो र सिल्भरको अप्सन छ । हक आई हेड ल्याम्प्स पनि छ । एलईडी डे टाइम रनिङ लाइट सेमत छ ।

बम्पर, ओभीआरएम, डोर ह्यान्डल्स लगायतले लगायतले यसलाई सु-सज्जित गरेको छ ।


आउटसाइड रियर भ्यू मिररलाई विशेष तरिकाले सजाइएको छ । डाट्सन गोको पछाडिको भाग निकै सरल र आकर्षक छ ।

स्फूर्त र फिनिसिङ बनोटका कारण पनि यसलाई धेरैले मन पराएका छन् । यसमा २६५ लिटरको लगेज स्पेश पनि छ ।

सबै भेरियन्टमा रुफ एन्टेना पनि छ । डुहल टोन ह्वील कलर्स र डायमन्ड कट एलोय हि्वल पनि छ ।

नयाँ गोको क्याबिन कम्पनीले निकै व्यावहारिक र आकर्षक ढंगले बनाएको छ । यसमा स्पोर्टी देदखाउन मिहिनेत गरिएको  छ । यसको डिजाइन निकै सफा र आरामदायी पनि देखिन्छ ।


भित्री सजावटका लागि कम्पनीले क्याबिनमा कालो रङको प्रयोग गरेको छ । कारमा इन्फोटेनमेन्टको लागि म्युजिक प्लेयर उपलब्ध छ । म्याप पकटे र बोटल होल्ड पन छ । फ्रन्ट रुम ल्याम्प पनि जोडिएको छ ।

शक्तिशाली इन्जिन

यो कारमा १२ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यो इञ्जिनले ६८ पीएसको शक्ति र १०४ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ ।

यो कारमा १.२ लिटरको ३ सिलिन्डर इञ्जिन छ । यसले २० प्रतिलिटरको माइलेज दिन्छ । ५ स्पीड म्यानुअल गियरको विकल्प छ । यसको फ्रन्टमा डिस्क र रियर ड्रम ब्रेक छ ।

गो राजर्मागमा उच्च गतिमा हुँदा पनि निकै स्थिर लाग्छ । यसमा गति संवेदनशील पावर स्पेयरिङ छ । यो राजमार्ग र शहरी क्षेत्रमा चलाउन सुविधाजनक छ ।

सुविधा र विकल्प

यसमा फलो माई होम हेड ल्याम्प, शक्तिशाली एयर कन्डिसनिङ, पावर विन्डो, सेट्रल लकिङ, भेन्टिलेटेड डिस्क ब्रेक, फ्रन्ट एमसीर्फसन सस्पेन्सन, रियर टि्वस्ट बिम सस्पेन्सन लगायतका फिचर्स पनि छन् ।


नयाँ गोको अर्को आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा यसअघिको भन्दा १० मिलिमिटर क्लेयरेन्स बढाएर १८० मिलिमिटर बनाइएको छ ।

गो नेपालमा विभिन्न कलरमा उपलब्ध छ । यो मध्ये आफूलाई मन परेको कलरमा गो किन्न पाइन्छ । यसको फ्रन्ट सिटमा रहेको विशेषताले उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटी प्रदान गर्छ ।

सुरक्षित कार

कम्पनीले गोमा यात्रुको सुरक्षाका लागि विभिन्न प्रविधि अपनाएको छ । इमोब्लिजर, किलेस इन्ट्री, रेयर पार्किङ सेन्सर, सेन्ट्रल लकिङ लगायतका फिचर्सले यसलाई सुरक्षित कार बनाएको छ ।

हेडल्याम्प लेभलिङ डिभाइस, इञ्जिन मोबलिाइजर, सेन्टल लकिङ लगायतका विशेषता पनि यसमा छन् ।

सबै भेरियन्टमा ड्राइभर र प्यासेन्जरका लागि एयर ब्याग पनि छ । यसले कुनैपनि अवस्थामा सुरक्षित यत्राका लागि आत्मविश्वास प्रदान गर्छ ।

नेपालमा १३ वटा डिलरहरुमार्फत गो बिक्री भइरहेको छ ।  यसको मर्मत खर्च अन्य ब्रान्डका यही सेगमेन्टका गाडीको निकै न्युन रहेको दावी कम्पनीको छ । इन्ट्री लेभलको कारमा जत्तिकै मर्मत खर्च यसले लिने भएकाले धेरैलाई प्रभावित गर्न सकिने कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment