Comments Add Comment

चितुवाको छालासहित तुलसिपुरबाट ४ जना पक्राउ

Chituwa-ko-Chhala-Sahit-pak

निमुसंगम घर्ती
१० असोज, घोराही । इलाका प्रहरी कार्यालय तुलसिपुरले २ थान चितुवाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

बा १२ प १४७८ नम्वरको मारुती सुजुकी कारलाई तुलसिपुर ५ वीरेन्द्र चोकमा सादा पोशाकका प्रहरीले जाँच गर्दा पछाडिको सिटमा झोलामा राखेको २ थान चितुवाको छाला बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

कारमा सवार सल्यान सिद्धेश्वरी ९ का ३३ वर्षीय शोभाराम कवर, शारदा नगरपालीका १ श्रीनगर का २८ वर्षीय नविन श्रेष्ठ, जिमाली २ बस्ने ३० वर्षीय तिलकराज बोहरा र बाँके कम्दी ९ बस्ने २८ वर्षीय झकबिर परियारलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

बरामद गरिएको चितुवाको छालासहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि धनौरी ईलाका वन कार्यालय तुलसीपुरको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment