दोहा । कतार भ्रमणमा गएका सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भेट गरी कतारका नेपाली पत्रकारहरुले नेपालको संविधानमा प्रेसमाथि अंकुश लगाउने धारा संशोधन गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ कतार शाखाका अगुवाईमा दोहामा मन्त्री रिजाललाई भेट गरी उनीहरुले बिधानमा प्रेसमाथि अंकुुश लगाउने धाराहरु संसोधनका लागि ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा मन्त्री रिजालले उक्त धारामा आफ्नो पनि असंन्तुष्टि रहेको भन्दै संबिधान संसोधनका बखत त्यसलाई पनि समेटेर लैजान सकिने संम्भाबना कायमै रहेकोले ढुुक्कहुन आश्वासन दिएको शाखाका अध्यक्ष गणेश बन्जाडेले बताए ।
उग्रता र भावावेशले समस्या समाधान नहुने तर्क
मधेस आन्दोलनकाबारेमा मन्त्री रिजालले उग्रता भावावेशले समस्या समाधान नुहने तर्क गरे । मधेसमा समस्या नै छैन भन्नु मुुर्खता हुने भन्दै उनले उग्रता र भावबेसले समस्या समाधान नहुने बताए ।
आन्दोलनकारी दलका नेताहरुसँग औपचारीक र अनौपचारीक वार्ताहरु भइरहेको र चाँडै नै अहिलेको समस्याको समाधान निस्कने विश्वास ब्यक्त गरे ।
उनले मधेसको समस्या नेपालको आन्तरिक समस्या भएकाले आन्तरिक रुपमै हल गरिने बताए । धैर्यता र कुुटनैतिक तवरले भारतसँगको असमझदारीलाई पनि आश्वस्त पारिने मन्त्री रिजालले बताए ।
प्रतिक्रिया 4