Comments Add Comment

जेद्धाका कन्सुलेटका सहचारी टंक रार्इको बिदाई

sahachariजेद्धा । आफ्नो चारवर्षको कार्यकाल पुरा गरी नेपाल फर्किन लागेका जनरल कन्सुलेट जेद्धाका सहचारी टंक रार्इलाई जेद्दाका नेपालीहरूले कन्सुलेट परिसरमा औपचारिक कार्यक्रम गरी सामूहिक बिदाई गरिएको छ ।

विदेशी भूमिमा कार्यरत नेपालीहरूको एमआरपी पासपोर्ट बनाउन कन्सुलेट अफिसले क्षेत्रव्यापी रूपमा अभियान नै संचालन गरी पासपोर्ट नविकरणमा पुर्याएको उनको देनप्रति कार्यक्रममा उपस्थित सबैले खुलेर प्रशंसा गरे ।

आइकाओको नियम अनुसार हस्तलिखित राहदानीले आगामी २४ नोभेम्वरवाट मान्यता नपाउने भएपछि बिदेशमा रहेका नेपालीहरूलाई अनिवार्य एमआरपी बनाउनुपर्ने बाध्यता रहेको छ ।

कार्यक्रममा राईले नेपाली समुदाएले देखाएको माया र सहयोगप्रति आफू सदैव ॠणी रहने र अनन्नतकालसम्म स्मरणीय रहने बताए । प्रमुख अतिथि कार्यवाहक महावाणिज्यदूत सुधीर भट्टराईले कन्सुलेट स्थापनाका सुरूवाती दिनदेखि हालसम्म राईले गरेका कुशल कार्य सम्पादनको प्रशंसा गरे ।

जेद्दामा कृयाशील संस्थाहरू नेपाल आदिवासी जनजाती महासंघ, तमूधी प्रवास साखा, नेपाली सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाली यूवा क्लव र एनआरएनएका संस्थाप्रमुखहरूको हस्ताक्षर र संस्थाको लोगोसहितको सामूहिक कदर पत्र प्रदान गरिएको थियो ।

नेपाली सेवा समिति यान्वुका अध्यक्ष श्रीप्रसाद परियारले संस्थाको तर्फवाट छुट्टै कदर पत्र प्रदान गरेका थिए । दीलिप जवेगुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नवराज घिसिङले संचालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment