+
+

झरना र दिलिपको ‘डेस्टिनेशन काठमाण्डौ’, ट्याम्पुमा स्टिकर टाँस्दै प्रचार

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १०:५९

destination-ktm
असोज १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डेस्टिनेशन काठमाण्डौ’को अहिले सार्वजनिक यातायातमा प्रचारप्रसार गरिदैछ । निर्माता शरद अधिकारीले उत्कृष्ट चलचित्र बनेकाले पनि दर्शकलाई थाहा दिन यस्तो शैली अपनाइएको बताए ।

स्वर्गिय निर्देशक दिपक रायमाझीले निर्देशन गरेको यो चलचित्रका कार्यकारी निर्देशक भने मधुसुदन भट्टराई हुन् । सवारी साधनमा प्रचार गर्ने क्रममा निर्माता अधिकारीको साथमा कार्यकारी निर्देशक भट्टराई, कलाकार रवि गिरी, रामचन्द्र अधिकारी लगायत सहभागी थिए ।

चलचित्रमा दिलिप रायमाझी, झरना थापा, अष्ट्रेलियन कलाकार साहरा मावबे लगायतको अभिनय छ । चलचित्रको सोमबार नै जय नेपाल हलमा च्यारेटी शो पनि गरिएको छ । चलचित्रलाई हेर्ने सबैले राम्रो भनेका छन् । अबको यात्रा विदेश होइन काठमाण्डौ हो भन्ने कथामा यो चलचित्र निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?