+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अवार्ड पाएपछि उत्साहित हसन, बनाउँदैछन् ‘कल गल’को कथा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १२:४५

hasan-raja
चलचित्र ‘अलबिदा’बाट आठौ नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट नव-नायकको विधामा अवार्ड पाएपछि नायक हसनराजा खान दंग छन् । हसनले कतारमा बिहिबार सम्पन्न अवार्ड समारोहमा उत्कृष्ट नायकको विधामा ट्रफी चुमेका थिए ।

अवार्ड पाएपछि आफू झनै उत्साहित भएको र यसले कामप्रति प्रेरणा मिलेको उनको भनाई छ । नायक खानले आफू निरन्तर चलचित्र क्षेत्रमा लाग्ने बताए । चलचित्र निर्माण र अभिनय एकसाथ अगाडि लैजाने हसनको भनाई छ ।

चलचित्र ‘अलबिदा’ले व्यापारिक रुपमा सफलता नचाखेपनि हसनले यसबाट धेरै कुरा सिकेको बताए । यही सिकाइबाट आफूले अब नयाँ चलचित्रको तयारी पनि गरेको हसनको भनाई छ ।

उनले, नारीलाई केन्द्रमा राखेर नयाँ चलचित्र निर्माण गर्न लागेको जानकारी दिएका छन् । चलचित्रले एक नारीको कथालाई उठान गर्नेछ, जसमा उनी ‘कल गल’को भूमिकामा देखिनेछिन् । हसनले भने-‘सुरुवातमा मलाई यो चलचित्रमा नायकको रुपमा अफर आएको थियो, तर कथावस्तु साह्रै मनपरेपछि आफै लगानी पनि लागेको हुँ ।’

कतारमा काम गर्दै आएका हसनले अब नेपाल आएर चलचित्र निर्माण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?