१२ असोज, विराटनगर । भारतले अघोषित नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको सहज आपुर्तिका लागि मोरङमा बुधबारदेखि कोटा सिष्टम प्रणाली लागू गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार भएको सुरक्षा निकाय र आयल निगमका प्रतिनिधबीच भएको बैठकले कोटा सिस्टम लागू गर्ने निर्णय गरेको हो ।
पूर्वाञ्चाल आयल निगम विराटनगरमा चार दिनलाई पुग्ने तेल मौज्दात रहेको हुनाले भोलीदेखी कोटा सिष्टम प्रणाली लागु गर्न लागेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए । कार्कीका अनुसार विराटनगरको १० वटा पेट्रोल पम्प र उर्लाबारीको एक वटा पम्पबाट तेल वितरण हुने छ ।
विराटनगरको शनी मन्दिरदेखी टंकी शिनबारीसम्मको पेट्रोल पम्पबाट तेल वितरण गर्ने भएको छ । मोरङमा बुधबारदेखि हुने कोटा प्रणालीमा सुरक्षा निकायलाई तेल वितरणमा पहिलो प्राथकितामा राखिएको छ ।
साथै, अतिआवश्यक सवारी साधनमा समेत तेल वितरण गरिने बताइएको छ । पूर्वाञ्चलमा क्षेत्रिय आयल निगम विराटनगरमा १६ सय किलो लिटर डिजेल र १ सय किलो लिटर पेट्रोल मौज्दात रहेको कार्यालय प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4