Comments Add Comment

डा. गोविन्द केसीद्वारा अनसन स्थगित

Dr-Govinda-Kc

१२ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । देशको असहज परिस्थितिलाई मध्यनजर गर्दै केसीले अनसन स्थगितको निर्णय गरेका हुन् ।

केसीले भनेका छन्-‘देशको अत्यन्तै विषम परिस्थिति र देशभरीका सुभेच्छुकहरुको चाहनालाई ध्यानमा राख्दै सातौं पटकको अनसन मैले हाललाई स्थगित गर्ने निर्णय गरेको छु ।’

आफ्नो अनसनभन्दा देशले अहिले भोलिरहेको कठिनाइ र पीडा कयौं गुणा ठूलो भएको उनले बताएका छन् । उनले भने-मेरो आन्दोलनबाट मुलुक र जनतालाई थप कठिनाइ नहोस् भन्ने तर्फ म सचेत छु ।’

यस पटकको अनसनसँग सम्वन्धित माग यथावत रहेको र त्यसलाई सम्बोधन नभए आफ्नो आन्दोलन जारी राख्ने उनले बताएका छन् ।

जनकपुरबाट बाबुराम डा. गोविन्द केसीलाई भेट्न जाँदै

यसैवीच जनकपुरको सभामा सम्बोधन गरेर काठमाडौं फर्कन लागेका डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थलबाट सीधै डा. गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल जाने भएका छन् ।

सातौंपटक अनसनमा बसेका डा. केसी देशको वस्तुस्थितिलाई मध्यनजर गर्दै मंगलबार अनसन तोड्ने निर्णयमा पुगेका छन् । मंगलबारै केसीले अनशन तोडेका छन् । तर, अनशन तोडे पनि उनको स्वास्थ्य अवस्था बुझ्न डा. भट्टराईले केसीलाई भेट्न लागेको डा. भट्टराईको निजी सचिवालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment