एकसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् मोडल तथा नायिका सबिना कार्कीले । केही सिरियलमा काम गरेकी सविनाले ‘दुलही रानी, एटीएम, लाटी’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । अभिनयमा सक्रिय रहेकी सविनाको ब्यस्तता पछिल्लो समय चलचित्र भन्दा भिडियोमा हुन थालेको छ । अनलाइलाइनखबरको ‘मेरो पहिलो’ स्तम्भ अन्र्तगत उनको आफ्नो पहिलो अनुभव यस्तो छ ।
नृत्यः बर्दिवासमा स्कुल पढ्दै गर्दा श्रीदेउराली मावीले आयोजना गरेको कार्यक्रममा । नौ कक्षामा पढ्दै थिएँ ।
कमाईः ‘तिरिरी’ भन्ने सिरियलमा काम गरेर एक भागको एक हजार पाएको थिएँ । खुत्रुकेमा जम्मा गरे । पछि अरु पैसा थपेर आमाको मुख हेर्ने दिन सारी किनिदिएको थिएँ ।
धेरै खर्चः ‘एउटा मान्छेको माया’ भन्ने चलचित्रमा काम गर्ने क्रममा संझौता गर्दा १० हजार पाएको थिएँ । त्यो सबै पैसा एकैदिनमा खर्च गरेर सकाएँ ।
हवाईजहाज यात्राः काठमाण्डौवाट जनकपुर आउँदा । पिङ खेले जस्तै लाग्यो । तर, निकै डर लाग्यो ।
अवार्डः म्युजिक खबर वेष्ट मोडल अवार्ड ।
सजायँः ६/७ कक्षामा पढ्दा निकै अल्छी थिएँ, खाली खेलेर हिंड्थे । ममीले कुचै कुच्चोले हान्नु भयो । निकै रोएँ पनि ।
हेरेको चलचित्र: बर्दिवासमा ‘इन्द्रेणी’ हेरेको थिएँ । टिकटको मुल्य ९ रुपैयाँ थियो । घरको चामल चोरेर पसलमा बेचेपछि आएको पैसाले चलचित्र हेरेँ । त्यसरी चलचित्र हेर्नेमा हामी चार जना थियौं ।
दुःखीः ०६५ सालमा आमालाई वाथ भएको थियो । गाउँमा यस्तो रोग लागेको मान्छे त वाँच्न सक्दैन भन्न थाले, निकै रोएँ ।
पहिलो डेटिङः आजसम्म डेटिङ जाने मान्छे नै पाएको छैन ।
प्रेमपत्रः आठ कक्षा पढ्दा आएको थियो । पढेर फालिदिएँ ।
पहिलो फोटोसुट: फोटो बैंकमा राजीब श्रेष्ठसँग ।
क्यामेरा फेशः तिरिरी भन्ने सिरियलको सुटिङ गर्दा । तर, रिलिज पछि मात्रै भयो ।
पहिलो हिरोः ‘दुलही रानी’ चलचित्रमा जीके शर्मा ।
मोबाईलः पन्ध्रसय रुपैयाँ पर्ने नोकियाको लाईट बल्ने सेट थियो ।
पहिलो कलः एकदमै मिल्ने एकजना साथीलाई गरे ।
चलचित्र: दुलही रानी ।