+
+
Shares

तमलोपाका सहमहामन्त्री सोनल रिहा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १४:३०

jitendra-sonal-and-nawalkis१४ असोज, कलैया । तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य नवलकिशोर सिंह रिहा भएका छन् । जिल्ला न्यायाधीश भोजराज शर्माको इजलासबाट बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएपछि उनीहरु रिहा भएका हुन् ।

सोनल र बारा जिल्ला अध्यक्षसमेत रहेका सिंह तराई-मधेसमा जारी आन्दोलनका क्रममा नितनपुरबाट गत भदौ २९ गते पक्राउ परेका थिए । सार्बजनिक अपराधको मुद्दा लागेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले १ लाख ४९ हजार ३७५ रुपैयाँ धरौटी मागेको थियो ।

यही असोज १० गते सोनल र सिंहलाई कारागार चलान गरिएको थियो ।

अधिकार क्षेत्र नाघेर प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारागार पठाएको भन्दै बार एसोसिएसनका बारा जिल्ला अध्यक्ष रामचन्द्र सिंहलगायतले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?