Comments Add Comment

मिर्गौला तस्करीको यथार्थ घटनामा बन्यो ‘पिक्चर’

Picture_poster

काठमाडौं । पत्रकार उमेश चौहान नेपाली कथानक चलचित्रका साथ दर्शकमाझ आउन थालेका छन् । मिर्गौला तस्करीको ‘रियल पिक्चर’लाई ‘रिल’मा उतारेर उनले चलचित्र ‘पिक्चर’ बनाएका छन् । पिक्चरको अफिसियल ट्रेलरको ‘वल्र्ड पि्रमियर’ बिहीबार अनलाइनमार्फत गरिएको छ ।

सुखको आशमा आफ्नै मिर्गौला बेचेर बेहाल भएका युवाहरूको कथा हो- पिक्चर । काठमाडौंबाट जम्मा ६० किलोमिटर टाढा काभ्रेका विभिन्न गाउँका सोझासिधा युवालाई आर्थिक प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा लगिन्छ, मिर्गौला झिकेपछि उल्टै कुटपिट गरेर धपाइन्छ । त्यही कथा चलचित्रले फलो गरेको छ ।

एक वर्षको अनुसन्धान र एक वर्षको छायाङ्कनपछि तयार हुन लागेको चलचित्र पिक्चर ‘नन स्किप्टेड’ फिल्म हो । ‘हामीले चलत्रिको टाइटल मात्रै लेखेका हौँ, अरू सबै पीडितले भनेका कथा हुन् । पीडितका कथामा हाम्रा कलाकारले अभिनय गरेका छन्,’ निर्देशक चौहानले भने, ‘यो हामीले गरेको सुन्दर परिकल्पना होइन, समाजको भयानक वास्तविकता हो ।’

चलचित्र पिक्चर प्रवीण बुढाथोकी र कपिल बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र नेपालका पहाडी गाउँदेखि काठमाडौं तथा भारतको गोरखपुरदेखि चेन्नई र सिलगुढीलगायतका सहरसम्म छायाङ्कन गरिएको छ ।

पिक्चरमा विक्रमादित्य शाह, चन्द्र नेपाली, आइशा ठकुरी, अभिनय, उमेश मायालु, रश्मी भट्ट, जीत राघव, आरजेश रेग्मी, दिनेश काफ्ले र अभिनयलगायतका कलाकारले अभिनय गरेका छन् । विनोद विष्टले छायाङकन गरेका छन् भने जेशन कुँवर र सुजिल कर्माचार्यको संगती छ । चौहानले यसअघि इराकमा मारिएका १२ नेपाली दाजुभाइको कथामा ‘गि्रन ब्लड’ डकुमेन्ट्री बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment