Comments Add Comment

घोराही बजारका आधा दर्जन सीसी क्यामेरा बन्द

निमुसंगम घर्ती
१६ असोज, दाङ । बजारको सम्भावित घटनालाई मध्यनजर गर्दै दाङको घोराहीमा १२ लाख रुपैयाँ बढी खर्च गरेर सिसि क्यामेरा जडान गरियो तर त्यसले लामो समय काम गर्न सकेन । घोराहीको सहिद गेटमा रहेको बिद्युतको पोलमा रातो अक्षरले लेखिएको बोर्ड झुण्डिएको छ ।

CC-TVसीसी क्यामराहरु जडान भएका ठाउँहरुमा यसरी नै पूर्व सचेत पार्नुपर्ने हुन्छ । जस्का कारण मानिसहरु सजग हुन भन्ने उदेश्यले त्यो लेखिएको हुन्छ । बोर्ड झुण्ड्याएको ठीक दक्षिण तर्फको पोलमा सीसी क्यामरा जडान छ । तर त्यसले महिनौ भैसक्यो काम भने गर्दैन ।

विद्युत नभएको अबस्थामा पनि सीसी क्यामराले काम गरोस भन्ने उदेश्यका साथ घोराही नगरपालीकाले सोलार समेत जडान गर्‍यो तर क्यामरा भने चल्दैन । सहिद गेटको मात्रै हैन घोराही बजारमा जडान भएका अन्य ५ वटा क्यामेराले पनि काम गर्न छोडेको महिनौ भैसकेको छ । पोलमा क्यामेरा झुण्डिएका छन् तर काम गर्दैनन् । झण्डै डेढ बर्ष पहिले घोराही बजारका संबेदनशिल क्षेत्रहरुको किटान गरी सात स्थानमा सीसी क्यामेरा जडान गरिएको थियो ।

जस मध्य सहिद गेट, तुलसिपुर चोक, दामोदर चोक, बसपार्क, त्रिभुवनपार्क, रझेना चोक र ट्राफिक चोकमा १२ लाख ३९ हजार रुपैयाँ बढी खर्च गरेर घोराही नगरपालीका र दाङ जिल्ला उद्योग बाणिज्य संघ सहितको अगुवाईमा घोराही बजारका संबेदनशिल चोकहरुमा सीसी क्यामराहरु जडान गरिएको थियो । तर क्यामेरा जडान भएको केही समयमै क्यामेराले काम गर्न छाडेको थियो । क्यामेरामा जडित बिद्युतको एडप्टर सर्ट हुदा बढी समस्या आउने गरेको छ ।

उता दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले क्यामेरा सुचारुको लागि पहल भैरहेको जानकारी दिए । पटक पटक मर्मत गर्ने काम भएपनि टिकाउ नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment