नेपालमा करिब २ साता अघोषित रुपमा नाकाबन्दी लगाएको भारतले शनिबार नाकाबन्दी खोलेको बतायो । नाकाबन्दी लगाएपछि यसको चर्को विरोध नेपालमा भयो । विशेषगरि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा सर्वाधिक चर्चामा रहे ।
आइतबार काठमाण्डौको मण्डला थिएटरमा मोदीको भेषमा भेटिए, हाँस्य कलाकार मनाेज गजुरेल । गजुरेललाई मोदी बनाउँदै सिस्नोपानी नेपालले ‘मोदीसँग मनका कुरा’ कार्यक्रमको आयोजना गर्यो ।
आफ्ना दुइ औला देखाउँदै नक्कली मोदी स्टेजमा पुगे । उनलाई सुरुवातमा नेपालीहरुका तर्फबाट साहित्यकारहरुले प्रश्न सोझाए । सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नांगेले मोदीलाई लेखेको चिठ्ठी सुनाए ।
यसपछि साहित्यकार रामप्रसाद ज्ञवालीले ‘अभिषापका विरुद्ध’ कविता बाचन गरेर सुनाएका थिए । साहित्यकार राजेन्द्र सलभले मोदीलाई ‘आज भाइको घरमा सल्काएको आगोले भोली तिमीलाई पनि पोल्ला’ भन्दै कवितामा चेतावनी दिए ।
सिस्नोपानी नेपालका महासचिव टंक आचार्यको कविता झनै बेजोड थियो । कवि देव नेपालको कवितामा भनियो-‘लुटेर सवको मोह, मोदी बन्न सक्छ को ?’
जनवादी गायक जीवन शर्माले गीत गाए । उनले गाएको गीतले भन्यो-‘मधेसी पहाडी हिमालका हिमाली, सयौ जाती जनजाती हामी सबै नेपाली’ । जन आन्दोलनका समयमा आफ्नो कविताकै कारणले चर्चामा रहेका कवि अर्जुन पराजुलीले ‘नाकाबन्दी’को बिषयमा कविता नै वाचन गरे ।
हेर्नुहोस् साहित्यकारको घोचक कविताको भिडियो
साहित्यकारहरुको असन्तुष्टी साहित्यमा सुनिसकेपछि नक्कली मोदी बनेका मनोज गजुरेलले जवाफ दिए । मोदीकै शैलीमा उनले दिएको जवाफ रोचक थियो । यसपछि, मोदीसँग जनताा प्रश्न राखियो । यसलाई पनि उनले ठट्यौली शैलीमा जवाफ दिए ।
नक्कली मोदीसँगको रमाइलो कुराकानी र उनको नेपालको नाकाबन्दीको बिषयमा जवाफ, पुरा भिडियो यहाँ हेर्नुहोस्
यो कार्यक्रमले दुरगामी प्रभाव पार्ने विश्वास छ, साहित्यकारहरुको । २ पटक नेपाल आउँदा मोदीको चर्चा खुबै भयो । तर, नाकाबन्दीसँगै उनको लोकप्रियता नेपालमा ह्वात्तै घटेको विश्लेषण गरिएको छ । यही समयमा हाँस्य कलाकार तथा साहित्यकारहरुले ‘नाकाबन्दी’ पछि देशमा देखिएको परिस्थिती र भारतको भूमिकाको बिषयमा रमाइलो कार्यक्रमको आयोजना गरेका छन् ।
नक्कली मोदीले आफू भारतमा नभएको समयमा नेपालीलाई दुख दिएको भन्दै क्षमा पनि मागे ।
प्रतिक्रिया 4