Comments Add Comment

कृष्णनगर-चन्द्रौटा सडक ५८ दिनपछि खुल्यो

१९ असोज, कपिलवस्तु । मधेसी मोर्चाको आन्दोलनका कारण लगातार ५८ दिन बन्द रहेको कृष्णनगर-चन्द्रौटा सडक मंगलबारदेखि खुलेको छ । आन्दोलनको स्वरुप परिवर्तन गर्दै मधेसी मोर्चाका नेताहरुले सडक खोल्ने सहमति गरेका हुन् ।

Chandrauta-Krishnanagar-Kapस्थानीयको दबावपछि मोर्चाले मंगलबारदेखि मध्यान्ह १२ बजेदेखि विहान ४ बजेसम्म सवारी साधन चल्न दिने निर्णय गरेको छ ।

कपिलवस्तुको कृष्णनगरमा व्यापारी, यातायात व्यवसायी, उद्योगी र मोर्चाका नेताहरुको संयुक्त बैठकमा गाडी चल्न दिने सहमति भएको हो । छलफलमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपमहासचिव अभिषेकप्रताप साह, पूर्वमन्त्री एवम् तमालोपाका नेता ईश्वर दयाल मिश्रा, सदभावनाका केन्द्रीय सदस्य रविदत्त मिश्रा सहभागी थिए ।

लामो समयदेखिको बन्दले आवत-जावतमा परेको कठिनाइ र नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै गाडी गुड्न दिइएको मोर्चाका नेताहरुले बताएका छन् ।

भारतको बढनीसँग सीमा जोडिएको कृष्णनगर प्रमुख ब्यापारिक नाका हो । कृष्णनगरबाट करिब २० किलोमिटर उत्तरतर्फ पूर्वपश्चिम राजमार्गसँग जोडिएको चन्द्रौटा पनि कपिलवस्तुको ब्यापारिक केन्द्र मध्ये एक हो ।

लगातार ५८ दिनसम्म भएको बन्दले जनजीबन कष्टकर भएको र ब्यापार व्यवसायमा पनि करोडौंको नोक्सानी भएको भन्दै स्थानीयले बन्द फिर्ता लिन मोर्चाका नेताहरुलाई दबाव दिँदै आएका थिए । सडक खुलेपछि स्थानीयले राहत महसुस गरेका छन् ।

-सनिउल्ला धोबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment