चलचित्रको पर्दामा कतिपय अपत्यारिला कुरा पनि देख्न पाइन्छ । निर्देशक शिवम् अधिकारी अहिले यस्तै एउटा कथालाई पर्दामा ल्याउने तयारीमा छन्, जसमा नायकलाई नायिकाले बिहे मण्डपबाटै भगाउछिन् । नेपाली समाजमा यस्तो घटना विरलै सुनिन्छ ।
प्रसंग हो, कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुश्री’को । यो चलचित्रमा सोझो युवाको भूमिकामा देखिएका नायक आर्यन सिग्देललाई बिहे मण्डवबाटै नायिका आशिका तामाङले भगाएकी छिन् ।
अर्की नायिका सुरविना कार्कीसँग बिहे हुन लाग्दा आर्यनलाई आशिकाले मण्डपबाटै भगाएकी हुन् । निर्देशक अधिकारी चलचित्र भित्रका कमेडी दृश्यले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताउँछन् ।
आशिका फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले दशैमा दर्शकलाई स्वस्थ मनोरञ्जन दिने विश्वास यसको निर्माणपक्षको छ ।
करिब ७ महिनापछि आर्यनको चलचित्र पर्दामा आउन लागेकाले पनि यसको निर्माणपक्ष आर्यनलाई नै मुख्य हतियार मान्दै प्रचारमा उत्रिएको छ ।
प्रतिक्रिया 4