Comments Add Comment

‘आधा पेज’मा सलोनसँग चुम्बन गर्न मानेकी थिइनन् रीस्ताले

aadha-page
केही समय अगाडि नायिका रीस्ता बस्नेतले अनलाइनखबरसँग कुरा गर्दै आफूले चलचित्र ‘आधा पेज’मा नायक सलोन बस्नेतसँग लिप किस दिन नमानेको बताएकी थिइन् । आफूले लिप किस दिनुपर्ने भए नखेल्ने उद्घोष थियो रीस्ताको । पछि निर्माणपक्षले चुम्बन गर्न नपर्ने भनेपछि रिस्ताले यो चलचित्रमा काम गरेकी थिइन् ।

समुन्द्र भट्टले निर्देशन गरेको यो चलचित्रको प्रदर्शन मिति तय नभएपनि प्रचार भने सुरु गरिएको छ । निर्माणपक्षले यो चलचित्रको फेसबुक पेजलाई सवैभन्दा बढी इन्भाइट गर्नेलाई देशका विभिन्न ८ शहरमा चलचित्रका कलाकारसँग घुम्न र डिनर गर्ने अवसर दिने भएको छ ।

काठमाण्डौ, पोखरा, बुटवल, धनगढी, चितवन, हेटौडा, धरान, दमक गरि देशका ८ शहरबाट चलचित्रको पेजलाई इन्भाइट गर्ने र फेसबुकमा प्रचार गर्ने ३-३ जनालाई यो अवसर दिन लागिएको हो । परी फिल्मस्को ब्यानरमा लिला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले यो चलचित्रमा लगानी गरेका छन् ।

चलचित्रमा सलोन बस्नेत, रीस्ता बस्नेत, विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपान, अशिम आरडीको मुख्य भूमिका छ । चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्रलाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment