Comments Add Comment

ओलीले खोजे कमल थापाको साथ, आज दुई पार्टीको वार्ता हुदै

KP-Kamal

२१ असोज,काठमाडौं । प्रधानमन्त्रीमा आफूलाई सघाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग वार्ता गर्ने भएका छन् ।

एमाले र राप्रपा नेपालबीच आज अपरान्ह राप्रपा नेपालको पार्टी कार्यालय धुम्बाराहीमा नयाँ सरकार गठनबारे छलफल हुने राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

व्यवस्थापिका संसदको चौथो ठूलो पार्टी राप्रपा नेपालसँग २४ जना सभासद छन् । जुन संख्या ओलीलाई प्रधानमन्त्री बनाउन लगभग निणर्ायक हुन सक्छ ।

कांग्रेस र एमालेमध्ये एउटा प्रतिपक्षमा रहने अवस्थामा राप्रपा नेपालले सरकार बनाउन सघाउने सम्भावना छ । प्रमुख तीन ठूला दल सम्मिलित सरकार बनेमा प्रमुख विपक्षमा रहेर संवैधानिक हैसियत बनाउने थापाकेा दाउ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment