Comments Add Comment

भारतको नाकाबन्दी निन्दनीय : डा. भट्टराई

Baburam-Bhattrai

२२ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नेपालमा लगाएको नाकाबन्दी निन्दनीय भएको बताएका छन् । कुनै पनि बहानामा नाकाबन्दी गर्नु गलत रहेको उनले बताए ।

मार्क्सवादी अध्ययन मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा उनले भारतीय नाकाबन्दीको विरोध गरेका हुन् ।

थारु र मधेसी मोर्चाले गरेको आन्दोलन भूकम्प पछिको पराकम्पन जस्तै भएको भन्दै उनले संविधान संशोधन मार्फत् संवोधन गरिनुपर्ने धारणा राखे । आफूले तराई-मधेस र पश्चिम नेपालका जिल्लाहरुको भ्रमण गरेपछि देश गम्भीर स्थितिमा पुगेको पाएको भन्दै डा. भट्टराईले तत्काल समस्याको समाधान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment