Comments Add Comment

यस वर्ष दुई पटक भोटो हेर्न पाइने

Bhoto-jatra-650

  • फाइल फोटो

२२ असोज, काठमाडौं । वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतीमा गरी दुई पटक भोटो हेर्न पाउने भएका छन् ।

हरेक वर्ष १२ वर्षको रथ जात्राको समयमा दुई पटक भोटो देखाउने प्रचलनअनुसार जावलाखेलमा भोटो देखाएपछि सोही दिनदेखिनै रथलाई निर्माण गरिएको स्थान बुङ्मतीमा लान सुरु गरिन्छ । बुङ्मती पु¥याइएको चार दिनपछि पुनः दोस्रो पटक सोही स्थानमा रहेको जावलाखेलमा भोटो देखाइने छ ।

अन्य समयको रथ जात्रामा भने जावलाखेलमा मात्र भोटो देखाएपछि रथ जात्रा समापन हुने गर्दथ्यो । यस वर्ष विशेष मेला परेकाले दुई पटक भोटो देखाउन लागिएको हो । लामो समयको पर्खाइ पछि आउँदो २५ गते सोमबार सर्वसाधारणले वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् ।

मछिन्द्रनाथको रथलाई आज जावलाखेल पुर्याइएको छ । जावलाखेल लगेको चौथो दिनमा भोटो देखाउने प्रचलनअनुसार आगामी सोमबार मध्याह्न ४ बजे राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा भोटो देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

रथलाई आज जावलाखेल लानका लागि बिहीबार बिहान ८:५० बजेको साइत निकालिएको भए पनि लामो बाटोको कारण आज मात्र रथलाई जावलाखेल ल्याइएको हो ।

जावलाखेलमा रथ लगेपछि मछिन्द्रनाथको भोटो देखाउने भएकाले अन्य स्थानमा रथजात्रा गर्नुभन्दा जावलाखेलमा रथ लैजानुलाई महत्वका साथ लिने भएकाले ज्योतिषीले साइत निकालेका हुन् । रथलाई जावलाखेल लानका लागि स्थानीय बासिन्दा, गुठी संस्थानका कर्मचारी, रथका पुजारी (पानेजु) र रथ निर्माणकर्मीलगायत लाखौँको सहभागितामा इटीटोलमा रहेको रथलाई जावलाखेल पुर्याइएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिए ।

बुङ्मतीमा रहेको जावलाखेलमा भोटो देखाएपछि यस वर्षको लागि १२ वर्षे भोटो जात्राको विधिवत्रुपमा अन्त्य हुनेछ ।

पहिलो पटक गत वैशाख ६ गते देवतालाई रथमा रथारोहण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गते गएको भूकम्पका कारण रथमा क्षति पुगेकाले लामो समय रथ जात्रा स्थगित गरिएको थियो ।

क्षति भएको रथलाई पुनः निर्माण गरी यही असोज ४ गते रथारोहण गरी ५ गतेदेखि रथ जात्रा सुरु भएको हो । ५ गतेदेखि सुरु भएको रथ जात्राअन्तर्गत सुरुको दिन रथ रहेको स्थान ललितपुरको छसिकोटदेखि भैँसेपाटीसम्म रथ जात्रा सम्पन्न गरिएको थियो ।

रथका पुजारी विनोद वज्राचार्यको अनुसार विगतका वर्षमा नेवार समुदायको मानिसको मात्र सहभागी हुने गरेकोमा पछिल्लो समय सबै समुदायका मानिसको सहभागिता रहँदै आएको छ ।

रातो मछिन्द्रनाथलाई रथ जात्राका लागि शुक्रबार रथारोहण गरिएको छ । यस वर्ष विशेष मेला भएकाले रथ निर्माणको सबै काम नयाँ गरिएको छ । सबै निर्माणको काम नयाँ गरिएकाले गत वर्षको तुलनामा रथ अत्यन्तै सुन्दर देखिएको छ । यस जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ ।

अन्य भागको तुलनामा पाङ्ग्रा अनि रथ निर्माणको कामलाई जटिलरुपमा लिइन्छ । पाङ्ग्रा बनाउन दुई महिनाको समय लागेको थियो । त्यस्तै वेद, जुटबाट बनेको डोरी र काठबाट निर्माण गरिएको रथ ३२ हात अग्लो हुने भएको हुँदा एक हातले लड्नबाट बच्नको लागि समाउने पर्ने र अर्का हातले रथ निर्माणको काम गर्नुपर्ने भएकाले अत्यन्तै जटिल काम भएको निर्माणकर्मीले बताएका छन् ।

रथमा राखिने विभिन्न भागमध्ये खट, घमा, घमा पासा, पाङ्ग्रालगायतका सामग्रीलाई महत्वपूर्ण मानिन्छ । चार पाङ्ग्रालाई मुख्य चार भैरवका रूपमा लिने गरिन्छ ।  रथको सबै भागको निर्माणको काम १२/१२ वर्षको विशेष मेलामा मात्र गरिन्छ अन्य वर्षको लागि समयमा पुरानोलाई सुधार गरी जात्राको लागि रथको सामान प्रयोग गरिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment