
मुम्बई । सेफ अलि खान बाहेक अरुसँग चुम्बन नगर्ने भन्दै करिना कपुरले अर्जुन कपुरसँग चुम्बन गर्न आनाकानी गरेकी छिन् । हिन्दी फिल्म ‘कि एण्ड का’ मा अर्जुन कपुरको श्रीमतिको भूमिकामा देखिन लागेकी करिनाले अर्जुनसँग लीपकिस सिन नगर्ने भएकी छिन् ।
आर बाल्कीको निर्देशन रहेको यस फिल्ममा करिनाले कामकाजी श्रीमतिको भूमिका निर्वाह गरेकी छिन् । करिनाको पति बनेका अर्जुनले घर सम्हालेर बसेका श्रीमानको भूमिका निर्वाह गरेका छन् ।
करिनालाई आधुनिक श्रीमतिका रुपमा प्रस्तुत गरेका निर्देशक बालकी अहिले करिनाले लिपकिस नगर्ने भएपछि थोरै तनाबमा छन् । सामान्य दृष्यमा आपत्ती नजनाए पनि लिपकिस सेफअलि बाहेक अरुसँग नगर्ने करिनाको भनाई रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4