मुम्बई । मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी मुग्धा गोड्सेले कामुक पोज दिनेहरु मध्ये चर्चित मोडल हुन् । र्याम्पदेखि विज्ञापनको दुनियामा समेत तहल्का मच्चाएकी मुग्धाले फिल्ममा ग्ल्यामरस भूमिका नै चाहिने बताएकी छिन् ।
ग्ल्यामरस भूमिकामा भए मात्रै अभिनय गर्ने योजनामा छिन् मुग्धा । उनलाई शक्तिशाली चरित्रकी महिलाको भुमिका निर्वाह गर्दा अझ मज्जा आउछ । आफुले निर्वाह गर्ने पात्र शक्तिसँगै सेक्सी भएमा उनी अझै खुसी हुन्छिन् ।
नयाँ चलचित्र ‘इश्क ने क्रेजी कि या रे’ मा एक शक्तिशाली ब्यबसायी महिलाको भुमिका निर्वाह गर्ने तयारीमा रहेकी मुग्धाले भनेकी छिन् ‘मलाई भावुक, ग्ल्यामरस र शसक्त भुमिका निर्वाह गर्न मन पर्छ ।’
नरेश मल्होत्राको निर्देशन रहने यस फिल्ममा नयाँ कलाकार निशान्त मलकानी र मधुरिमा बनर्जी पनि मुख्य भुमिकामा देखिदैछन् । निर्देशक मल्होत्रा बलिउडका लोकपि्रय निर्देशक हुन् । उनले यसअघि ये दिल्लगी र दिलका रिश्ता निर्देशन गरेका छन् ।
प्रतिक्रिया 4