Comments Add Comment

दुई हजार युवालाई सीपमुलक तालिम दिने प्रसाईँको योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका निरञ्जन प्रसाईले एनआरएनएले दुई वर्षमा दुई हजार युवालाई स्वरोजगार तालिम दिने बताएका छन् ।

Niranjan-Prasaiसानैबाट समाजसेवामा क्रियाशील प्रसाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा संयोजकको चुनावी मैदानमा छन् ।

नेपालमा थालेको सामाजिक कामलाई प्रसाईँले अस्ट्रेलियमा पनि निरन्तरता दिइरहेका छन् । सफल व्यवसायी र समाजसेवीको छबि बनाइसकेका उनले युवा संयोजकमा तीनवटा नारासहित आफ्नो दुई वर्षे कार्यकालमा दुई हजार नेपाली युवालाई सीपमुलक तालिम दिने योजना अहिले नै बुनिसकेका छन् ।

‘सीपमुलक तालिम नलिई खाडी मुलुकदेखि मलेसियासम्म पुगेका नेपाली युवाको कमाइ अत्यन्तै थोरै छ’, उनले सुनाए, ‘युवा संयोजकमा चुनिएँ भने दुई हजार युवालाई सीपमुलक तालिम दिने मेरो योजना सहजरूपमा पुरा हुनेछ । यदि पराजित भएँ भने पनि यो योजना सफल बनाउने अभियानमा लाग्नेछु ।’

ताप्लेजुङको दुर्गम फूलबारी गाविसमा २०३३ सालमा जन्मेका प्रसाई गाउँमै छँदा सामाजिक काममा क्रियाशील थिए । अहिले पनि उनको यो अभियानले अझ द्रूतगतिमा अघि बढेको छ ।

गाउँबाट सामाजिक काम थाल्दै राजधानी पसेका उनले काठमाडौंमा डेन्टल अस्पताल पनि सञ्चालन गरेका छ । डेन्टल अस्पताल चलिरहेकै समय अध्ययन पुरा गर्न सन् २००७ मा अस्ट्रेलिया पसेका उनको सामाजिक अभियान त्यहाँ पनि रोकिएको छैन ।

अस्ट्रेलियामा गरेको परिश्रमको कमाइ उनले नेपालमा लगानी गरिरहेका छन् । नेपालमा जलविद्युतदेखि शिक्षा र स्वाथ्यमा पनि प्रसाईँको लगानी छ । ६० लाख बढी नेपाली देशबाहिर रहेपनि धेरै युवाहरूले थोरै पैसाका लागि अमूल्य उमेर खेर फाल्नुपरेकोमा उनी खिन्न छन् । त्यहीकारण उनले युवाहरूलाई सीपमूलक तालिमको योजना ल्याएका हुन् ।

‘दैनिक १५ सय बढी नेपाली युवा विदेशिने गरेका छन’, उनी सुनाउँछन्, ‘तर उनीहरूमध्ये धेरै सीपमुलक तालिमबिना खाडी र मलेसिया पुग्छन् । उनीहरूलाई सीपमूलक तालिम दिनसके त्यहाँ अहिलेभन्दा दोब्बर कमाइ गर्ने थिए ।’

युवाहरूलाई लक्षित गरेर सररकारले पनि सीपमुलक तालिम चलाउन नसकेकोमा उनी खिन्न छन् । ‘युवाहरूले पठाएकै रेमिट्यान्सले धानेको देशमा उनीहरू नै अपहेलित हुनुपर्ने अवस्था छ’, उनी भन्छन्’, ‘तर सरकारले उनीहरूलाई सीपमुलक तालिम दिन कन्जुस्याइँ गरेकाले दुस्ख पाइरहनुपरेको छ । यो अवस्थाको अन्त्यका लागि विशेष अभियान थाल्ने योजना बनाइसकेको छु । अब कार्यान्वयनमा उत्रिनु छ ।’

प्रसाई सन् २०११ देखि एनआरएनको अष्ट्रेलिया सहसचिवको जिम्मेवारीमा पनि छन् । उम्मेदवारी घोषणासँगै उनले आˆना तीन महत्वपूर्ण लक्ष्य प्रस्तुत गरेका छन् । चुनावमा विजयी भएमा एकाडेमिक एलायन्स बनाएर त्यसमा ७१ देशमा रहेका एनआरएन युवाहरूलाई समाहित गरी बलियो संगठन निर्माणको लक्ष्य राखेका छन् ।

उनीसँग नेपाली भाषा, साहित्य,संस्कृतिलाई जगेर्ना गर्ने अर्को योजना पनि छ । विदेशमा बसेर पनि नेपाली भाषाा संस्कृतिको महत्व बुझाउन सक्रिय भएका उनले आफ्नो भाषा संस्कृति बचेमात्रै नेपालीको पहिचान रहने तर्क अघि सारेका छन् ।

वैशाख १२ को विनाशकारी भूकम्पबाट देशमा पुगेको अपुरणीय क्षतिपछि उनले तत्कालै अस्ट्रेलियामा राहत अभियान थालेका थिए । उनीसहितको पहलमा अस्ट्रेलियाका नेपालीहरूले भूकम्पको २४ घण्टाभित्र भूकम्पपीडितका लागि राहत संकलन गरेर पठाउन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment