मुम्बई । प्रेमीको सामान्य ब्यबहारले खुसी हुने नायिकालाई रिसाउन ठूलो समस्या आउनु पर्दैन । सिनेमाको पार्दामा प्रेमी प्रेमिका सानो कुरामा खुसी भएको र सामान्य प्रसंगले नै दुखी भएको दृष्य धेरै पटक हेरेका छन् दर्शकले ।
केही नायिकाको जिवनमा रिलमा पनि रियलकै घटना घटेको छ । आफ्नै प्रेमी एवं श्रीमानले कुटे भन्दै श्रीमानकै बिरुद्ध प्रहरीमा उजुरी दिने बलिउड नायिका धेरै छन् । श्रीमानको पिटाईकै कारण सम्बन्ध बिच्छेद गर्नेहरु पनि छन् । हेरौं को-को रहेछन् श्रीमानको पिटाई खान बिबस बलिउड नायिकाः
श्वेता तिवारीः टेलिभिजन नायिका श्वेता तिवारीले सन १९८८ मा राजा चौधरीसंग बिबाह गरेकी थिईन् । तर, सन २००७ मा उनीहरुको सम्बन्ध बिच्छेद भयो । श्वेताले पनि राजाले रक्सि पिएर आफुलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिईन् । राजाले पनि श्वेतालाई सुटिङमै थप्पड मारेका थिए ।
डिम्पी महाजनः रियालीटि शोको हाई प्रोफाइल मानिने राहुल र डिम्पी महाजनले गएको फेब्रुअरिमा सम्बन्ध बिच्छेद गरे । सन २००९ मा बिबाह गरेका उनीहरुको एकवर्षपछि नै खराब सम्बन्ध सुरु भएको थियो । पछि राहुलले माफी पनि मागे । तर, डिम्पीले माफी दिईनन् सन २०१४ मा घर छाडेर हिंडिन् ।
जीनत अमानः पुरानी नायिका जीनत अमानले दुई पटक बिबाह गरिन् । तर, दुबै घरवार राम्रो हुन सकेन । तत्कालीन समयमा प्रकाशित समाचार अनुसार उनका श्रीमान सञ्जय खानले उनलाई यसरि पिटे, उनको एउटा आँखाको ज्योती नै गुम्यो ।
त्यसको एक वर्षमै सम्बन्ध बिच्छेद गरेकी जीनतले मजहर खानसंग बिबाह गरिन् । दोस्रो श्रीमानवाट त्यहि समस्या बेहोर्नु पर्यो ।
युक्ता मुखीः सन १९९९ मा मिस वल्डको ताज तीत्न सफल भईन् युक्ता मुखी । अहिले उनी ३८ वर्षकी भईन् । ७ अक्टुवर १९७७ मा जन्मेकी युक्ताको फिल्म करिअर उँचो हुन सकेन । फिल्ममा कमाल गर्न नसक्नुको कारण उनको उचाई पनि हो भन्नेहरु धेरै छन् ।
सन २००८ मा नागपुरका ब्यबसायी पि्रन्स तुलीसँग बिबाह गरिन् । उनको एक छोरा पनि छ । तर, पनि उनको पारिवारिक जिबन सन्तोषजनक हुन सकेन । एक वर्ष अघि नै उनले पि्रन्ससँग सम्बन्ध बिच्छेद गरिसकेका छिन् ।
सन २०१३ जुलाईमा उनले पि्रन्स र उनको परिवार बिरुद्ध घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । युक्ताले पि्रन्सले आफुलाई बेला बेलामा पिट्ने गरेको उजुरी दिएकी थिइन् । उनले सासु र नन्द बिरुद्ध पनि उजुरी गरेकी थिईन् ।
प्रतिक्रिया 4