+
+
Shares

संगीतमा पोखिंदै तराई-पहाडको सद्भाव (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १०:२७

karishma

काठमाडौं । मधेश आन्दोलनका कारण नेपालका मधेसी र पहाडी समुदायको सम्बन्ध बिगि्रयो भन्ने एकथरीको बुझाई छ । केहि कलाकर्मी भने संगीतमार्फत दुई समुदायमा सौहार्दताको सन्देश दिन जुटेका छन् ।

पहाडकी छोरी हुँ म तराईमा छ बसाई
जिस्क्याउँदै भन्छन् कान्छी कति मिठो छ हँसाई…

योजना पुरीको यो गीत अहिले आम दर्शकमा राम्रै लोकपि्रय बनिरहेको छ । युटुबमा राखिएको भिडियो पौने तीन लाख दर्शकले हेरेका छन् । उक्त भिडियोमा नायिका निता ढुंगानाले मोडलिङ गरेकी छिन् ।

पहाड र तराईविच मजबुत सम्बन्ध भयो भने मात्रै देश मजबुत हुन्छ भन्ने मान्यता राख्ने योजना आगामी दिनमा पनि दुई समुदायबीच एकताको सन्देश दिने गीत गाउने योजनामा छिन् ।

आधुनिक र राष्ट्रिय गीतमा मात्रै हैन केही लोकगीतमा पनि तराई र पहाडको सम्बन्धलाई मजबुत बनाउने प्रयास गरेका छन् गायक-गायिकाले ।

माया पहाडको म हुँ तराईको
तिमी मेरै हो हैन पराईको …

‘पहाड तराई’ एल्बममा पनि यस्तो भावको गीत छ । मधेसी र पहाडी समुदायवीच माया साटासाट भएपछि मात्रै दुई समुदायबीच मित्रताको साईनो गाँसिने कुरा गरेका छन् गायक-गायिकाले ।

नेपाल आमा एल्बमका लागि गायक सुमित खड्काले हिमाल हाम्रो, पहाड हाम्रो तराई हाम्रो भन्दै सबै समुदाय एक अर्काको मित्र हुनुर्ने कुरा गरेका छन् । गीत-संगीत मार्फत विभिन्न समुदायविच भातृत्व स्थापना गर्ने प्रयास परम्परादेखि हुँदै आएको धारणा राख्छन् गीत संगीतमा अध्ययन गरिरहेका संगीतकार टिका भण्डारी ।

उनको भनाई अनुसार रेकर्डिङ सुरु हुनुअघि पनि जातीय र भाषीय सम्बन्ध मजबुत पार्ने खालका गीत गाइन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?