+
+
Shares

७३ लागे अमिताभ, जयासँग बिहे-रेखासँग प्रेम सम्बन्ध

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते ११:०८

amitabh-bachna
बलिउडमा महानायक भनेर चिनिने कलाकार अमिताभ बच्चन आजबाट ७३ बर्षमा लागेका छन् । ७३ बर्षको उमेरमा पुग्दा पनि उनको जोश र जागर घटेको छैन । आज पनि अमिताभ बलिउडमा सर्वाधिक धेरै कर तिर्ने कलाकारमा पर्छन् । विज्ञापन, चलचित्रमा अमिताभको मागमा कमी आएको छैन ।

अमिताभको जन्म भारतको उत्तर प्रदेशको इलाहाबाद जिल्लामा भएको थियो । पिता हरिवंश राय बच्चन र आमा तेजी बच्चनको कोखबाट अमिताभको जन्म भएको हो । अमिताभको नाम सुरुमा इंकलाब राखिएको थियो तर पछि उनका पिताले नाम परिवर्तन गरिदिएका थिए ।

सन् १९६८ मा अमिताभले मनोज कुमारको चलचित्रमा छोटो भूमिका पाएका थिए । यसका लागि उनले आफ्नो जागिर छाडे र मुम्बई आएका थिए । संघर्षको समयमा उनले सानातिना विज्ञापनमा भ्वाइस ओभर गर्थे ।  उनलाई यसवापत ५० रुपैयाँ दिइन्थ्यो ।

अमिताभले राजश्री प्रोडक्शनका चन्द बड्जात्यासँग भेट गरेका थिए । उनलाई चन्दले नायक बन्न नसक्ने भनेपछि उनी निराश भए । उनले मुम्बइमा बसेर अटो चलाउने तर घर नफर्किने कसम खाएका थिए । निर्देशक अहमद अब्बासलाई आफ्नो चलचित्रका लागि एक दुब्लो पातलो नायक चाहिएको थियो, जसका लागि अमिताभलाई उनले रुचाए । उनलाई ५ हजारमा चलचित्रमा संझौता गराइएको थियो ।

चलचित्र ‘जंजिर’मा काम गर्दा अमिताभ र जया नजिक भएका थिए । अमिताभ विदा मनाउन जयालाई लिएर विदेश जान चाहन्थे । तर, उनका पिताले बिहे नगरि लैजान नदिएपछि सन् १९७३ जुन ३ मा जया र अमिताभले बिहे गरेका थिए । चलचित्र ‘दिवार’मा काम गरेपछि अमिताभ नायिका रेखासँग नजिक भएका थिए ।

निर्देशक यश चोपडाले चलचित्र ‘सिलिसिला’मा अमिताभलाई संझौता गरेका थिए । तर, यो चलचित्रका लागि अमिताभले जया बच्चन र रेखालाई खेलाउन आग्रह गरे । यहीबाट नै अमिताभ र रेखाको प्रेम सुरु भएको मानिन्छ । चलचित्रको छायांकनको क्रममा अमिताभ र जयाको धेरै पटक झगडा पनि भएको थियो ।

अमिताभ रेखासँगको सम्बन्धलाई लुकाउन चाहन्थे । तर, रेखा भने यो सम्बन्धलाई सार्वजनिक गर्न चाहन्थिन् । जब अविवाहित रेखा ऋषि कपुर र नीतु कपुरको बिहेमा सिन्दुर लगाएर पुगिन्, सबै जना छक्क परेका थिए । जयाले रेखालाई धेरै पटक चेतावनी पनि दिएकी थिइन् । तर, चलचित्र ‘कुल्ली’को छायांकनका क्रममा अमिताभ गम्भिर घाइते भए, उनलाई भेट्न रेखा अस्पताल पुगिनन् । यहाँबाट रेखा र अमिताभको प्रेममा दरार उत्पन्न भएको थियो ।

अमिताभले ‘आनन्द, जंजिर, अभिमान, दिवार, शोले, कभी कभी, अमर अकबर एन्थोनी, परवरिस, कसमें वादे, त्रिशुल डन, मुकद्दर का सिकन्दर, मिस्टर नटवरलाल, सुहाग, दोस्ताना, नसिब, बरसात की एक रात, लावारिस, सिलसिला, याराना, कालिया, सत्ते पे सत्ता, नमकहलाल, अन्धा कानुन, कुल्ली, सरावी, गिरफ्तार, मर्द, आखिरी रास्ता, शहंशाह, मे आजाद हुँ, अग्निपथ, हम, अक्स, सरकार राज, पा, सरकार, ब्ल्याक, बागबान, दो अनजाने, पीकु’ जस्ता हिट चलचित्र दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?