शिल्पा पोखरेल पछिल्लो समयकी चर्चित नायिकाको रुपमा चिनिन्छिन् । म्युजिक भिडियोमा काम गर्दा गर्दै फिचर फिल्ममा प्रवेश गरेकी शिल्पाले एकपछि अर्को चलचित्रमा सफलता पाएकी छिन् ।
छविराज ओझाको ब्यानरमा बनेको ‘लज्जा’वाट चलचित्रमा प्रवेश गरेकी शिल्पा अहिले उनकै ब्यानरमा बनिरहेको चलचित्र ‘किस्मत-२’ मा ब्यस्त छिन् । उनै नायिकाले अनलाइनखबरको ‘मलाई मनपर्छ/मनपर्दैन’ स्तम्भमा आफ्ना रोजाई शेयर यसरी गरेकी छिन् ।
मलाई मन पर्छ
पुस्तकः प्राय बायोग्राफीसँग सम्बन्धित पुस्तक मन पर्छ । भर्खरै ‘चिना हराएको मान्छे’ पढें ।
खानाः साधारण खाना मन पर्छ । थोरै तेल, मसला हालेर घरमै बनाएको ।
कलाकारः मलाई भारतीय नायिका रेखा मन पर्छ । उनको अभिनयवाट प्रभावित छु ।
गहनाः औठी । म मँग निकै धेरै छ ।
मौसमः ठिक्कको । जाडो पनि नहोस् गमी पनि नहोस् ।
स्थानः मलाई जोमसोङ असाध्यै मन पर्यो तर ।
सवारी साधनः स्कुटर
मोबाइलः आईफोन ।
जनावरः मलाई कुकुर मन पर्छ ।
बानीः झुट नबोल्ने, अरुको सम्मान गर्ने ।
चाडपर्वः होली मलाई असाध्यै मन पर्छ ।
गीतः पुराना गीत धेरै छन् ।
चलचित्रः कल हो ना हो ।
मलाई मन पर्दैन
पुस्तकः मनै नपर्ने पुस्तक मैले आजसम्म भेटेको छैन ।
खाना: चिल्लो पीरो धेरै भएको खाना त्यती मन पर्दैन ।
कलाकारः रबिना टण्टन मन पर्दैन ।
गहनाः हेभी खालका मन पर्दैन ।
मौसमः पानी पर्ने मौसम मलाई राम्रो लाग्दैन ।
स्थानः जोमसोमको भूगोल राम्रो रहेछ तर, मौसम घातक लाग्यो मेरो छाला नै गयो ।
सवारी साधनः ट्रक ।
मोबाइलः इन्टेक्सको सेट ।
जनावरः बिरालो ।
बानीः जो अनावश्यक प्रश्न गर्छ र अर्काको कुरा इन्टरफेयर गर्न खोज्छ, मलाई त्यस्तो मान्छे मन पर्दैन ।
चाडपर्वः मनै नपर्ने चाड त भेटेको छैन ।
गीतः खै । मनै नपर्ने त छैन ।
चलचित्रः एउटा भूतको फिल्म थियो नामै बिर्सें ।
प्रतिक्रिया 4