+
+
Shares

नीता र अनुपको ‘ठमेल डट कम’, नारीको कथा पर्दामा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १५:०१

anup-and-nita
यतिबेला एउटा गीत खुबै चर्चामा छ,’तिमी नभए’ । यो गीतको चर्चाले चलचित्र ‘ठमेल डट कम’ निर्माण गरेको ब्यानर गोपिकृष्ण मूभिजको आशा अझै चुलिएको छ । गीतसंगीतका कारण चलचित्रको व्यापार राम्रो भएको उदाहरण नेपालमा छन् ।

गोपिकृष्ण मुभिजले निर्माण गरेको यो चलचित्र कात्तिक ५ बाट मोफसलमा र कात्तिक ६ गतेबाट काठमाण्डौमा प्रदर्शनमा आउने चर्चा थियो । तर, अब यो चलचित्र कात्तिक ५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।

राजकुमार शर्माले निर्देशन गरेको यो चलचित्रमा अनुप विक्रम शाही, नरेन खड्का, प्रमोद अग्रहरी, निता पोखरेलको मुख्य भूमिका छ । राजकुमारले यसअघि केही नेपाली र केही हिन्दी चलचित्र पनि निर्देशन गरेका छन् ।

चलचित्रमा अर्जुन पोख्रेल र बसन्त सापकोटाको संगीत, एनबी महर्जनको एक्सन, ब्रजेश खनालको कथा समावेश छ । यसअघि केही चलचित्र असफल भएकाले गोपिकृष्ण मुभिज ‘ठमेल डट कम’बाट धेरै नै आशावादी पनि छ । चलचित्रले नारीको कथालाई उठान गरेको छ ।

दशैको समयमा दर्शक धेरै हलमा आउने र नेपालमा नारी प्रधान चलचित्रको व्यापार राम्रो रहेकाले पनि यो चलचित्रबाट नेपालको चर्चित ब्यानर आशावादी भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?