निर्देशक सञ्जय गुप्ताको चलचित्र ‘जज्बा’ मा बलिउड नायिका ऐश्वर्या रायले पाँच वर्षपछि कमब्याक गरिन् । उनको फिर्ती सवारी केबल दर्शक मात्रै हैन समिक्षकका लागि पनि चर्चाको विषय बन्यो ।
धेरैले जान्न चाहेका छन् । उनको कमब्याक श्रीदेबी र काजोलको जस्तै सफल हुन्छ या अरुको जस्तै असफल भन्ने चर्चा पनि थियो । तर, उनको चलचित्रको ओपनिङ व्यापार हेर्ने हो भने कुनै चमत्कारिक छैन । कुनै वेलाका चर्चित केही नायिका छन् जसको कमब्याकले कुनै अर्थ राखेन । कमब्याक गरेर पनि सफलता पाउन नसकेका नायिका यस्ता छन्ः
विद्या वालन : बिबाहपछि विद्या वालानको करिअरमा निकै उतार चढाब आयो । ‘घनचक्कर, बेबी जासुस् र शादी के साईड इफेक्ट्स, हमारी अधुरी कहानी’ गरि चार चलचित्र असफल भएपछि उनलाई पुन अभिनय गराउने हिम्मत निर्माता/निर्देशकले गरेका छैनन् ।
माधुरी दीक्षित : कुनै समयकी अत्याधिक चर्चित नायिका माधुरी दीक्षित पनि विवाहको ५ वर्षपछि ‘आजा नचले’ वाट बलिउड प्रवेश गरेकी थिईन् । चलचित्र असफल भएपछि छोटो पर्दामा काम गरिन् । छोटो पर्दावाट राम्रै सफलता पाएकी माधुरीले त्यसपछि फेरि ‘डेड इश्किया र गुलाब ग्याङ’मा काम गरिन् । तर, ति चलचित्रले बक्स अफिसमा उधुम मच्चाउन सकेनन् ।
करिश्मा कपुर : करिअर चम्किएको बेलामा बिबाह गरेकी थिईन् करिश्मा कपुरले । बिबाहको एक वर्षमै घरवार विगारेकी करिश्माले ‘डेन्सरस इश्क’ चलचित्र मार्फत पुनरागमन गर्न खोजेकी थिईन तर, सम्भव भएन ।
शिल्पा शेट्टी : बिबाह अघि शिल्पाको पनि चर्चा राम्रै थियो बलिउडमा । राज कुन्द्रासँग बिबाह गरेपछि ‘ढिस्क्याउ’ नाम राखेर चलचित्र बनाएपनि सफलता भने पाईनन् ।
रविना टण्डन : कुनै समयकी चर्चित नायिका रबिना टण्डनले पनि बिबाहपछि केही चलचित्रमा अभिनय गरिन् । तर, उनको उपस्थितीले अर्थ राख्न सकेन ।
प्रतिक्रिया 4