नेपाली चलचित्रका नायिकाहरुलाई गायिका बन्ने रहर लाग्न थालेको छ । कुनै नायिकाले कभर गीत सार्वजनिक गरेका छन् त कसैले एल्बम नै बजारमा ल्याउने तयारी पनि गरेका छन् ।
नायिका अशिष्मा नकर्मीले पनि अहिले आफूले अभिनय गरेको चर्चित गीत ‘कोकाकोला फिगर’लाई नेवारी भर्सनमा गाएकी छिन् । कात्तिक ३ गतेबाट देशव्यापी चल्न लागेको यो चलचित्रको ‘कोकाकोला फिगर’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।
यो गीतलाई नायिका नकर्मीले यमन श्रेष्ठसँग मिलेर गीतलाई नेवारी भाषामा गाएकी हुन् । नेपाली भर्सनको यो गीतलाई युटुबमा ५ लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।
सुव्रत आचार्यले निर्देशन गरेको यो चलचित्रलाई प्रदिप कुमार उदयले निर्माण गरेका हुन् । चलचित्रमा अशिष्माको साथमा गौरव पहारी, विल्सन विक्रम राई, रिस्ता बस्नेत, प्रदिप बाँस्तोला लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र पूर्णतया कमेडी बिषयमा तयार भएको छ ।
प्रतिक्रिया 4