बिग बोसको नवौं संस्करण सुरु भएको छ । आईतवार रातीदेखि कार्यक्रममा सहभागी १४ प्रतियोगी करिब ३ महिनाका लागि बन्दकोठामा प्रवेश गरेका छन् ।
अबको तीन महिनामा १४ जना सहभागी २४ सै घण्टा क्यामेराको निगरानीमा हुनेछन् । उनीहरुको निगरानीका लागि मात्रै ४८ वटा क्यामेरा फिट गरिएको छ ।
यस पटक पनि कार्यक्रम सञ्चालनको जिम्मा सलमान खानले पाएका छन् । उनले ‘बिग बोस’ सञ्चालन गरेको यो छैटौं पटक हो । कार्यक्रममा सहभागी प्रतियोगीहरु यस्ता छन् ।
रुपल त्यागी
टेलिभिजन कार्यक्रम ‘सपने सुहाने लडकपन के’ मा गुञ्जनको भुमिका निर्वाह गरेर चर्चामा आएकी थिईन् रुपल त्यागी । डान्स रियालिटी शो ‘झलक दिखला जा रीलोडेड’ मा पनि सहभागी थिईन् । पछिल्लो समय सानो पर्दामा काम गरेका मध्ये चर्चामा रहेकी पात्र हुन् रुपल ।
दिगांगना बनर्जी
लोकप्रिय टिभी शो ‘वीर की अरदास वीरा’ मा वीरा सम्पुर्ण सिंह चरित्र निर्वाह गरेका दिगांगना यसका कार्यक्रममा सहभागी मध्ये सबै भन्दा कम उमेरका पात्र हुन् । जो भर्खर १७ वर्ष पूरा भएका छन् ।
रिमी सेन
अघिल्ला वर्ष जस्तै यस वर्ष पनि बलिउडकी एउटी असफल नायिका सहभागी भएकी छिन् । हंगामा, धुम जस्ता चलचित्रमा अभिनय गरेकी रिमीले अभिनयवाट खासै उपलब्धि हात पार्न सकिनन् । हेरौं, बिगबोसमा सहभागी भएर के गर्नेछिन् ?
मंदाना करिमी
हिन्दी चलचित्र ‘भाग जानी’ मा बेजोड नृत्य प्रस्तुत गरेको भन्दै प्रसंसा भएको छ मंदाना करिमीको । त्यसो त उनले ‘क्या सुपर कुल है हम’मा पनि अभिनय गरेकी छिन् ।
अंकित गेरा
रुपल त्यागीका पूर्वप्रेमी हुन् अंकित गेरा । उनी पनि कार्यक्रममा सहभागी छन् । सोही कार्यक्रममा सहभागी भएकी रुपलले अंकितले आफुसँग बोल्न समेत नपाउने दाबी गरेकी छिन् ।
युविका चौधरी
शाहरुख खानको चलचित्र ‘ओम शान्ति ओम’ मा शाहरुख खानको नक्कली हिरोईनको भुमिका निर्वाह गरेकी युविका चौधरी पनि कार्यक्रममा सहभागी छिन् ।
उनी यस वर्ष बिग बोसमा सहभागी भएर तहल्का मच्चाउने योजनामा छिन् । तहल्का कसरि मच्चाउने भन्नेमा भने कुनै योजना सार्वजनिक गरेकी छैनन् ।
सुयश राय, किश्वर मर्चेन्ट, रोशेल राव, प्रिन्स निरुला, अरबिन्द वागेडा, विकास भल्ला लगायत कार्यक्रममा सहभागी हुने भएका छन् । उपाधी कसको हात पर्ने हो यसै भन्न सकिदैन ।
प्रतिक्रिया 4