+
+
Shares

भूकम्प पीडित दृष्टिबिहिन दम्पत्तीलाई मल्लको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते ११:१६

krishna-malla
भूकम्प पीडित दृष्टिविहिन एक परिवारलाई कलाकार कृष्ण मल्लले आर्थिक सहयोग उपलब्ल गराएका छन् ।
मल्लका बेलायत निवासी मित्र इशा गुरुङले बेलायतमा बसोबास गरेका नेपालीहरुबाट उठाएको एक लाख एघार हजार रुपैयाँ मल्लले दृष्टिबिहिन परिवारवलाई उपलब्ध गराएका थिए ।

मल्लले आईतवार आफ्नै घरमा बोलाएर दृष्टिविहिन सुशिल थापा र सुनिता थापालाई उक्त रकम हस्तान्तरण गरेका थिए । मैनबत्ती उत्पादन तथा बिक्रि गर्दै आएका थापा परिवारको मेशिन भूइचालोमा परि नष्ट भएको थियो ।

मेसिन पुरिएको चिन्ताले गाउँ र्फकने सुरमा रहेका उनीहरुलाई मल्ल परिवारले यसअघि पनि दश हजार सहयोग गरेको थियो । यसअघि गएको साउनमा शर्मिला मल्लको जन्मदिन पारेर १० हजार सहयोग गरेका थिए ।

मल्लले सहयोग गरेको सुनेपछि इशाले बेलायतमा रकम उठाउने काम गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?