+
+
Shares

‘तक्मेे बुढा’को निर्देशनमा बन्यो दसैं गीत, नम्रतादेखि मेनुकासम्म देखिए

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १२:०५

dashain-aayo

हाँस्य कलाकार विल्सन विक्रम राई’तक्मे बुढा’को निर्देशनमा दसैंको एक रमाइलो गीत तयार भएको छ । यो गीतमा नेपाली चलचित्र तथा म्यूजिक भिडियो क्षेत्रमा चिनिएका अनुहारलाई देखाइएको छ । विनोद गुरुङको आवाजमा समावेश ‘ल दसैं आयो’ बोलको गीतलाई विल्सनले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा नम्रता सापकोटा, संयम पुरी, अशिष्मा नकर्मी, सलोन बस्नेत, मेनुका प्रधान, गौरव पहारी, करिश्मा श्रेष्ठ, दिपक आचार्य, सुरेन्द्र केसी, संयुक्ता पुरी, देवा पुरी, इश्वरी लगायतले मोडलिङ गरेका छन् । यती धेरै चिनिएका कलाकारले मोडलिङ गरेको संभवत यो पहिलो भिडियो हो । भिडियोमा अर्जुन तिवारीको छायांकन, भरत रेग्मीको सम्पादन छ । गीतमा अगम गुरुङको शब्द, सरन गुरुङ र धिरज श्रेष्ठको संगीत छ ।

नेपालका चर्चित चाडपर्वको समयमा विभिन्न गीतहरु बजारमा आएपनि खासै चर्चा भने पाएका हुँदैनन् । कलाकार विल्सनले यो भिडियोमा विविधता पस्किएको बताए । गीत सार्वजनिक भएसँगै यसको चर्चा राम्रो चलेको छ । युटुबमा पनि छोटो समयमा यो गीतलाई ३५ हजार भन्दा धेरै पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?