सुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रेमगीत’ को टिजर सार्वजनिक भएको छ । गीतमा नायिका पूजा शर्माले नायक प्रदिप खड्कासँगै प्रेमगीत गाउने प्रयास गरेकी छिन् ।
युवा पुस्ताको कथामा बनेको ‘चंखे शंखे पंखे’को सफलताले उत्साहित आसुसेन फिल्मसको दोश्रो प्रस्तुती स्वरुप निर्माण भएको ‘प्रेमगीत’ आउँदो भ्यालेनन्टाईनमा प्रदर्शन हुने भएको छ ।
सन्तोष सेनले निर्माण गरेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत छ भने सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् ।
प्रेमकथामै आधारित फिल्म ‘मेरो एउटा साथी छ’बाट उत्कृष्ट निर्देशकको अवार्डसमेत जितिसकेका निर्देशक सुदर्शन थापा प्रेमगीत आफुले बनाएको मध्ये उत्कृष्ठ फिल्म भएको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4