Comments Add Comment

दाङमा सल्लाको खोटोबाट मोटरसाइकल चल्यो

Salla-ko-khoto-bata-Bike-ch

  • दाङका प्रहरी प्रमुख कुबेर कडायत सल्लाको खोटोबाट मोटरसाइकल चलाउँदै

निमुसंगम घर्ती
१ कात्तिक, दाङ । इन्धनको अभाव भैरहेका बेला दाङमा सल्लाको खोटोबाट सवारी साधन चलाउन सकिने सफल परीक्षण गरिएको छ । घोराही नगरपालिका-११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण गरेका हुन् ।

जंगलमा पाइने सल्लाको खोटोलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण भएको हो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाको भनाइ छ ।

मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई बोतल मार्फत जडान गरी मोटरसाइकल चलाएर मार्सलले देखाएका छन् ।

रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको जानकारी दिए ।

दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएर प्रयोग गरे ।

Salla-ko-khoto-bata-Bike-ch

एक लिटर खोटोको इन्धनबाट मोटरसाइकलमा एक सय किलोमिटरसम्म यात्रा गर्न सकिने रोकाको भनाइ छ । खोटोलाई प्रशोधनका लागि बिभिन्न रासायनिक पदार्थहरु मिसाएर तयार पारिने इन्धनको मूल्य प्रतिलिटर ७० रुपैयाँ मात्र पर्ने रोकाले बताए ।

पत्रकार सम्मेलनमा मार्सलले अब छिट्टै ल्याव परीक्षण गरेर यसको प्रभावकारितालाई व्यापक बनाउने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपाल इन्धनमा आत्मनिर्भर बन्न सक्ने र सम्भावित विकल्पहरुको खोजी र लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment