+
+

नेपालले चाहे इन्धन दिन चीन तयार

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते ६:४८

२ कात्तिक, काठमाडौं । दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रूपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएको छ ।

China-Flagएमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग आइतबार भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले असल छिमेकीका नाताले नेपाललाई जस्तोसुकै संकटको घडीमा पनि सघाउन आफ्नो मुलुक तत्पर रहेको स्पष्ट पारेका हुन् । सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गर्न सक्ने राजदूत ऊले बताएको खनाल निकट स्रोतले जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘नेपालको परराष्ट्र मन्त्रालयले लिखित रूपमा चीन सरकारलाई पत्राचार गर्नुपर्छ,’राजदूतलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्छ । यसमा हामी सघाउन तयार छौं ।’ एक दिनमा तिब्बतको ल्हासाबाट केरुङसम्म इन्धन ल्याइने गरेको राजदूतले बताएका थिए ।

खनालले दसैं मुखैमा आइसक्दा पनि भारतको नाकाबन्दी नहटेको र जनताले संकट भोगिरहेकाले चीनले नेपाललाई सहयोग गर्ने उपयुक्त अवसर रहेको बताएका थिए । अहिले अल्पकालीन रूपमा नेपाललाई इन्धन उपलब्ध गराइदिन र निकट भविष्यमा औपचारिक सम्झौता गरी पेट्रोलियम पाइपलाइनमा जान सकिने खनालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?