+

अमेरिकालाई हराउँदै नेपाल यू-१९ विश्वकप छनोटको फाइनलमा

२०७२ कात्तिक  २ गते १३:०३ २०७२ कात्तिक २ गते १३:०३
अमेरिकालाई हराउँदै नेपाल यू-१९ विश्वकप छनोटको फाइनलमा

Nepal-U-19

२ कात्तिक, काठमाडौं । अमेरिकालाई पराजित गर्दै नेपाल यू-१९ विश्वकप छनोट क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले अमेरिकालाई डीएल मेथडका आधारमा ६ विकेटले पराजित गरेको छ । जितसँगै ३ खेदबाट ६ अंक जोडेको नेपाल समूह चरणको अन्तिम खेल अघि नै फाइनलमा पुगेको छ ।

समान ६ अंक जोडेको आायरल्याण्ड पनि फाइनलमा पुगेको छ । र, अब अर्को बंर्ष बंगलादेशमा हुने विश्वकपमा स्थान बनाउन नेपालले आयरल्याण्डलाई हराउनु पर्नेछ ।

फाइनल अघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल र आयरल्याण्ड भिड्नेछन् ।

मलेसियाको किनरारा ओभरमा भएको खेल वर्षाका कारण प्रभावित भएको थियो । पहिले ब्याटिङ गरेको अमेरिकाले ३५ ओभरमा ७ विकेट गुमाएर ८० रन बनाउँदा खेल वर्षाले अवरुद्ध भयो । त्यसपछि ४८ ओभरमा छोट्याइएको खेलमा अमेरिकाले सबै विकेट गुमाएर १०९ रन बनायो ।

डीलए मेथडका आधारमा नेपालले ४८ ओभरमा १०९ रन बनाउनु पर्ने लक्ष्य पायो । योगेन्द्र सिंह कार्कीको अर्धशतकको मदतमा नेपालले मात्र १७.५ ओभरमा ४ विकेट गुमाएर जित हात पार्‍यो । छक्का हान्दै नेपाललाई जित दिलाएर शौरभ खनाल १६ र योेगेन्द्र ५३ रनमा अविजित रहे ।

सुनिल धमलाले १७ । शंकर रानाले २० रन बनाए । दिपेन्द्र सिंह ऐरी मात्र ५ र कप्तान राजु रिजाल ६ रनमा आउट भए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय