+
+
Shares

गोवाको क्यासिनोमा सविनले ३२ हजार हारे

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ९ गते १३:४७

sabin-shrestha
यस बर्ष नायक सविन श्रेष्ठको दसैंमा टिका भएन । बुबाको निधन भएकाले यो बर्ष उनको घरमा टिका नभएको हो । यसैले सविनले यस बर्षको दसैं आफूले भारतमा बिताएको बताएका छन् । मुम्बई पुगेर सविनले विशेषगरि, सिरियल छायांकनको तरिका वुझेका छन् ।

अनलाइनखबरसँग उनले भने-‘यसपटक टिका नभएकाले मुम्बइका विभिन्न स्टूडियो पुगेर नवमीको दिनमा घर फर्किए । ‘कुम कुम भाग्य’को छायांकन सेटमा पुगेर काम गर्ने तरिका हेर्दा रमाइलो भयो ।’ सविनले यो सिरियलकी प्रमुख पात्र प्रज्ञासँग गफगाफ गरेको सुनाए । प्रज्ञा पनि नेपाली भएकाले कुरा गर्न सजिलो भएको अनुभव उनको छ । बालाजी फिल्मस्मा काम गर्ने रवि भट्टराइको सहयोगमा सविनले विभिन्न स्टूडियो घुम्ने मौका पाएका हुन् ।

मुम्बइपछि आफू गोवा पुगेको सविनले सुनाए । गोवाको क्यासिनोमा पहिलो पटक गएको उनले बताए । क्यासिनोमा सुरुमा केही रकम जितेपनि पछि हारेको उनले बताए । ३२ हजार नेपाली रुपैयाँ गोवाको क्यासिनोमा हारेका सविनले ४ दिन त्यहाँ बसेर नेपाल फर्किएर नवमीमा साथीभाइसँग रमाइलो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?