+
+
Shares

फिगर बिग्रने डरले घट्यो रिस्ताको दसैंमा मासु खाने शैली

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ९ गते १४:०९

rista-ko-dashain
यो बर्षको दसैं पर्व आजबाट सकिदैछ । यो बर्ष ग्यास, पेट्रोलको अभावले नेपालीहरुले खुलेर दसैं पर्व मनाउन पाएनन् । तर, पनि जस्तो दुखमा पनि खुशी हुन जान्ने नेपालीको बानीले महत्वपुर्ण क्षणलाई भने खल्लो हुन दिदैन ।

नायिका रिस्ता बस्नेतले यो बर्षको दसैंमा परिवारलाई समय दिन पाइनन् । चलचित्र ‘अधकट्टी’को प्रमोशनका कारण उनले परिवारलाई समय दिन नपाएकी हुन् । तर, पनि उनले यो चाडलाई खल्लो हुन भने दिइनन् ।

आफ्नो परिवार, आफन्तसँग टिका लगाएर रिस्ताले दसैं पर्व मनाइन् । उनले नायिका भएपछि दसैंमा मासु कम खान थालेकी छिन् । अनलाइनखबरसँग उनले भनिन्-‘दसैंमा पहिला म खुबै मासु खान्थे । तर, अहिले फिगरमा पनि ध्यान दिनु पर्‍यो नि । यसैले कम खान थालेकी छु ।’ उनले मासु कम खान थालेको ३ बर्ष भयो ।

रिस्ताले यो बर्ष तास खेल्ने मौका पाइनन् । चलचित्र प्रमोशनका लागि समय दिदा उनले तास खेल्ने वातावरण बनाउन नपाएकी हुन् । दसैं पर्वलाई राम्रोसँग मनाएपनि यो बर्षको दसैं गतबर्षको भन्दा केही खल्लो भएको उनको वुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?