हाँस्य सिरियल ‘मेरी बास्सै’की मुख्य पात्र मध्येकी एक निरु खड्का अहिले अमेरिकामा छिन् । पहिलो पटक परिवारसँग टाढा बसेर उनले दसैं पर्व मनाइन् । तर, पनि आफूलाई यसपटक खल्लो महशुश नभएको उनको भनाई छ ।
निरुले दसैंमा नेपालमा भन्दा पनि राम्रो संकार अमेरिकामा हुने गरेको अनलाइनखबरलाई बताएकी छिन् । उनले आफ्नो दसैं यसपटक विशेष भएको पनि बताइन् । अमेरिकामा परम्परा र संकार पाएकाले नेपाल मिस नभएको उनको भनाई छ । ‘आफन्तसँग टिका लगाउन नपाएको पीडा त छदै तर, तर आफूले नयाँ आफन्त भेटेकोमा खुशी लागेको छ’, निरुले भनिन् ।
नयाँ आफन्तको माया र ममताले पनि निरु दसैंमा फुरुङ्ग छिन् । निरुले यसपटकको दसैंमा कलाकार जितु नेपाल, गायक बद्री पंगेनीको हातबाट टिका थापिन् । साथमा अमेरिकामा नै रहेका केही नेपालीको हातबाट टिका थाप्दा नौलो अनुभुती भएको उनको भनाई छ ।
अमेरिकामा दसैं पर्व नेपालमा भन्दा पनि धुमधाम र परम्परागत रुपमा मनाउने गरिएको अनुभव उनले सुनाएकी छिन् ।
प्रतिक्रिया 4