बलिउडमा नायिका र क्रिकेटरको सम्बन्ध सधै नै चर्चामा रहन्छ । नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको प्रेमको बारेमा त सबै जानकार नै छन् । अब, अर्की एक चर्चित नायिका पनि क्रिकेटरको साथमा देखिन थालेकी छिन् । आइपीएल टिम किङ्स इलाभेन पञ्जाबकी लगानीकर्ता नायिका प्रिती जिन्टा हालै मात्र एक चर्चित क्रिकेटरको साथमा देखिइन् ।
दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरको साथमा प्रितीलाई रेष्टुरेन्टमा देखिएको हो । दुबैले लामो समयसम्म रेष्टुरेन्टमा डिनर गरेका थिए ।
किङ्स इलाभेन पञ्जाबका को-ओनर नेस वाडियाको साथमा पनि यी नायिकाको प्रेम चलिसकेको छ । डेविड अहिले किङ्स इलाभेनको तर्फबाट क्रिकेट खेल्दै आएका छन् । अहिले उनको निकटता नायिका जिन्टासँग बढेको बताइन्छ । तर, यो प्रेम हो या मित्रता मात्र, अहिले नै भन्न सकिने अवस्था छैन । केही समय अगाडि यी नायिकाले आफूले प्रेमी भेटेको बताएकी थिइन् ।
प्रतिक्रिया 4