+
+
Shares

राजेशपायलले एक्कासी दुक्कासी भन्दै ठुलीलाई सम्झे पछि…

नेपाली पाश्व गायनका नक्षेत्र, गायक राजेशपायल राईले यहिँ गीत सँगै बार्सिलोनाको स्टेज चढे। नाई नभन्नु ल जस्तो प्रेम भावाना जोडिएको गीतबाट सुरु गरेका गायक राईले नेपाली चलचित्र ठुलीको शिर्ष गीत गाउँदै गर्दा दर्शकहरु झनै उफ्रिए। गायक राई सँगै दर्शकहरुले एकै स्वरमा भने, “मेरो लाहुरे यतिका दिन बसेको थिए, तिम्रै नाममा भुली,झलझली याद आउँछ तिम्रै नाकको फुली,म त मर्छु कि क्या हो ठुली।”

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १० गते ९:१७

Rajesh-payel-Rai

वसन्त रानाभाट

बार्सिलोना । तिमी सँग जिउँने मर्ने चाहाना छ मेरो,
म तिमी बिना अधुरो,तिमी म बिना अधुरो,
मलाई जुनी जुनी तिम्रै हुने मन छ,फेरि फेरि नाई नभन्नु ल…।

नेपाली पाश्व गायनका नक्षेत्र, गायक राजेशपायल राईले यहिँ गीत सँगै बार्सिलोनाको स्टेज चढे। नाई नभन्नु ल जस्तो प्रेम भावाना जोडिएको गीतबाट सुरु गरेका गायक राईले नेपाली चलचित्र ठुलीको शिर्ष गीत गाउँदै गर्दा दर्शकहरु झनै उफ्रिए। गायक राई सँगै दर्शकहरुले एकै स्वरमा भने, “मेरो लाहुरे यतिका दिन बसेको थिए, तिम्रै नाममा भुली,झलझली याद आउँछ तिम्रै नाकको फुली,म त मर्छु कि क्या हो ठुली।”

बढी युवा पुस्ताका दर्शकहरु सहभागी कार्यक्रममा गायक राईले नेपाली पाश्व गीतहरु मात्र नभई सुगम संगीतलाई पनि खुलेर गाए। उनले कार्यक्रममा आफ्नो एल्बम कामानालाई सम्झिदै, सोही एल्बमबाट सुनाए, “शिरै फुल शिरबन्दी,हातमा रुमाल काँधमा गलबन्धी।”

गायक राईले प्राय: बोलीचालीमा प्रयोग गर्ने “दर्शन नमस्ते” लाई पनि कार्यक्रममा छुटाएनन्। दर्शन नमस्ते एल्बमबाट शिर्ष गीत सुनाए। दर्शकको माग अनुसार बियोगान्त गीतलाई भन्दा नचाउने गीतहरुलाई जोड दिएका गायक राईले लोक संगीतको भावलाई पनि छुटाएनन्। उनले “खोटाङ् बजार हितैको मायालाई लाए नजर” बोलको गीत गाउँदा सहभागी धेरैले कम्मर मर्काए।

राई इज किङ्ग लगायत बिभिन्न उप-नामले परिचित नेपाली साँङ्गीतिक धरोहर गायक राईले बार्सिलोनाको चिसिदै गरेको मौसमलाई राम्रै सँग तताए। गायक राईले चलचित्र लोफरको “एक्कासी दुक्कासी” बोलको गीत गाउँदा बार्सिलोनाका दर्शकहरुले एक्कासी गर्मी नै बढेको महशुस गरे।

Barsilona

उनले नयाँ चलचित्र “फुलै फुलको मौसम तिमीलाई” को शिर्ष गीत पहिलो पटक,दशैको कोसेली भन्दै बार्सिलोना बासी नेपालीहरुलाई सुनाए। प्राय: संसारका सबै देशहरुमा पुगी नेपाली संगीतलाई बिश्व माँझ पुर्याउन सफल गायक राईले बार्सिलोनामा भएको आफ्नो पहिलो साँङ्गीतिक प्रस्तुतीलाई लोकप्रिय गीत, “सागर सरी चोखो माया तिमीलाई दिउँला” बाट अन्त्य गरेका थिए।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आईतबार आयोजना गरेको दशै तिहार बिशेष साँस्कृतिक कार्यक्रममा गायक राईलाई आमन्त्रण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीले गायक राईलाई सम्मान गर्दै बार्सिलोना फुटबल क्लबको जर्सी उपहार दिए।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका कार्यबाहक अध्यक्ष राजु शमशेर थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा स्पेन संघ संस्थाका प्रतिनिधिहरुले दशै तथा तिहारको उपलक्ष्यमा शुभकामाना आदान प्रदान गरे। बडा दशैको उपलक्ष्यमा सामुहिक टीका जमरा लगाउने कार्यक्रम पनि सम्पन्न भएको थियो।

स्थानीय कलाकारहरु बेजोड प्रस्तुती

नेपाली पाठशालाका बालबालिकाहरुले पहिलो पटक कार्यक्रममा निकै आकर्षक ढंगबाट फेसन सो प्रस्तुत गरे। अतित कार्की,स्नेहा श्रेष्ठ,नुरीया अवाले,श्रेष्ठ,सनिप श्रेष्ठ,आजीव कार्की,आरोशा सापकोटा,आशिष सापकोटा,बिनित खनाल,दिया भण्डारी,दिनेश भण्डारी,स्तुती कटुवाल,क्रिशाला ढकाल,सुजल भण्डारी र अक्षता भट्टराईको टोलीले बिभिन्न जातजाती,भेष भूसालाई समेट्दै फेसन सो गरेका हुन्।

कार्यक्रममा स्थानीय कलाकारहरु सुमित्रा घिमिरे सापकोटा, तुलसी शिवाकोटी, समी गुरुङ, सुष्मिता गिरी, दिव्या भण्डारी, रेसा थापा,अनिता कार्की, संगीता कार्की, शिला केसी लगायतका कलाकारहरुले गीत संगीत तथा नृत्य प्रस्तुत गरे। कार्यक्रमको संचालन पहिलो र दोस्रो चरण गरी महासचिव उमेश अधिकारी,सचिव सुनिल रानाभाट र महिला संयोजक सीता सिंहले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?