+
+
Shares

मासु धेरै खाँदा मोटाइन् नीता, तासमा ५ हजार जितिन्

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १० गते १०:४३

neeta-tika
हिन्दुहरुको महान् चाड विजयादशमी पर्व सकिएको छ । तर, धेरैका लागि यो पर्व विभिन्न खालका रमाइला पलहरु छाडेर गएको छ । यस्तै, पलको संझना नायिका नीता ढुंगानालाई पनि छ ।

अनलाइनखबरसँग कुरा गर्दै नीताले यस बर्षको दसैं आफ्ना लागि रमाइलो भएको बताइन् । उनले यो बर्ष बुबा, दाई-भाउजु, काका-काकी, मामा-माइजुको हातबाट टिका लगाएर रमाइलो गरेको अनुभव सुनाइन् ।

नीताले यो बर्षको दसैंमा पिङदेखि ताससम्म खेल्न भ्याइन् । उनले भनिन्-‘दसैं अवधीभर ५ हजार जिते ।’ नीतालाई पूणिर्माको दिनसम्म तासले छाडेको थिएन । यो बर्षको दसैंमा धेरै मासु खाएको उनले सुनाइन् । यो बर्ष उनले ४ किलो मासु एक्लै खाएको बताउँदै आफू मोटाएको बताइन् । नीताले भनिन्-‘पेट र गाला ठूलो भएको छ । अब, व्यायम गरेर घटाउनु पर्छ ।’

हेटौडा घर भएकी नीताले यसबर्षको दसैंमा मासु र तासलाई विशेष महत्व दिइन् । अब, भने काममा फर्कने योजना उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?